News राजनीति

तालमेलको मोडालिटी वारे छलफल गर्न सत्ता गठवन्धनको वैठक जारी

तालमेलको मोडालिटी वारे छलफल गर्न सत्ता गठवन्धनको वैठक जारी

सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसिरहेको छ । केहीवेर अघि सुरु भएको वैठक स्थानीय तहको निर्वाचनबारेको छलफलमा केन्द्रित छ।

बैठकमा खासगरी निर्वाचनमा तालमेल कसरी गर्ने भन्ने मोडालिटीबारे छलफल हुने प्रधानमन्त्री सचिवालय स्रोतले जनायो । दलहरुले स्थानीय तह निर्वाचनमा तालमेल गर्ने नीतिगत निर्णय भने यसअघि नै गरिसकेका छन् ।

१७ चैतमा बसेको गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनमा तालमेलको सहमति गर्दै त्यसका लागि प्रदेश र जिल्ला र पालिकास्तरीय समिति बनाउने निर्णय भएको थियो । सो समितिलाई चैत २२ गते (आज) प्रतिवेदन बुझाउन भनिएको थियो ।

आजको सत्ता गठबन्धनको बैठकमा सोही समितिको प्रतिवेदन वा रिपोर्टिङबारे छलफल हुने नेताहरुले बताएका छन् ।

गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन्। सरकारमा भने जनमोर्चा सहभागी छैन। 
प्रचण्डको छुद्र बोलीले माओवादीले यसरी गुमाउँदैछ भरतपुर

प्रचण्डलाई कोइरालाको चुनौतीः लिन जस्तो दिन हिम्मत भए तालमेल गरौं

कांग्रेसीको दुःख– अघिपछि कांग्रेस, भोटको दिन माओवादी !

कांग्रेसलाई साईजमा राख्न प्रचण्डले फाले फेरी ‘एमाले कार्ड’

गठवन्धनभित्र ‘महानगर’ को महाभारतः कहाँ कस्को दावी ?

चुनाव नजिकिदै गर्दा प्रचण्डको चितवन दौडधुप वढ्यो, आज पनि उतै

भरतपुर महानगरमा यस कारण रेणु विरुद्ध उभिन्छ कांग्रेस

सत्ता गठबन्धनको बैठक

विशेष