News

निर्वाचन आयोगमा झण्डै हात हालाहाल !

निर्वाचन आयोगमा झण्डै हात हालाहाल !

निर्वाचन आचारसंहितामाथि छलफल गर्न बोलाईएको वैठकमा तनाव भएको छ। आयोगका कर्मचारी तथा आयुक्तहरुले ‘आचार संहितामा हस्ताक्षर गरेर जान’ भनेपछि तनाव भएको हो।

आयोगले मंगलबार आयोग कार्यालयमा आचारसंहितामाथि छलफल गर्न बैठक बोलाएको थियो। तर, आचारसंहितको वारेमा राय सुझाव र छलफल नै नगरी निर्वाचन आयोगका तर्फबाट आचारसंहितामा हस्ताक्षर गरेर जान भनेपछि सहभागिहरु आक्रोशित भएका थिए।

सहभागिहरुले बैठकमा हो–हल्ला गरेपछि झन्डै हातपातको अवस्था आएको एक सहभागिले वताए । सहभागिहरुले आयोग विरुद्ध नाराबाजी गर्न ठालेपछि बैठक समेत प्रभावित भएको थियो। ‘आयोगले सरकारको कार्यकर्ता जस्तो काम गरेको’ भन्दै सहभागिहरुले हो–हल्ला गरेको जनाईएको छ।

आचार संहितालाई विभिन्न राजनीतिक दलहरुसँगको छलफलपछि पूर्णता दिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताएका थिए। तर उनीहरुले भने गठबन्धनका दलहरुको दबाबमा आचार संहिता बनाएको आरोप लगाएका हुन्। 

छलफलमा आयोगले निर्वाचनसम्बन्धी आचारसंहिता कार्यान्वयन गर्न दलहरूबाट प्रतिबद्धता खोजेको थियो। छलफलका लागि स्थानीय चुनावमा भाग लिने ७९ वटै दललाई बोलाइएको आयोगले जनाएको छ । वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदै छ।

‘आचारसंहिता कसरी बन्यो, त्यसको छलफलमा किन बोलाईन’ सहभागी एक नेताले भने–‘त्यतिबेला समावेश नगरिएको र अहिले आएर हस्ताक्षर गर्नु भनेपछि हामीले विरोध जनाएका हौं,’ 

उनले आचारसंहिता दलहरुले मान्ने र निर्वाचनमा भाग लिने पनि दलहरुले नै भएको हुँदा आफूहरुले हस्ताक्षर गर्ने निर्वाचन आचारसंहितामा के छ भनेर छलफल गर्न पाउनुपर्ने माग गरे। 
 

विशेष