News

ट्युसन पढ्न हिडेकी वालिकाको बाटोमै हत्या, दुई जना पक्राउ

ट्युसन पढ्न हिडेकी वालिकाको बाटोमै हत्या, दुई जना पक्राउ

उदयपुरको बेलका नगरपालिका–३, बुद्धचौककी १५ वर्षीया कविता सुनुवारको हत्या भएको छ। विहान ट्युसन पढ्न हिडेकी वालिका करिव ७ वजे मृत अवस्थामा फेला परेकी हुन। 

कोशी जनता माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत् सुनुवारको शव सोही नगरपालिकाको यसोदा खोलामा फेला परेको बेलका नरपालिकाका १ का वडाध्यक्ष दिनेश्वर चौधरीले बताए। मृतकको शवमा चोटपटक देखिएको छ।

घटनास्थल किशोरीको घरबाट करिब एक किलोमिटर पूर्वमा छ । यशोधा खोलाको डिलमा मुढामा घोप्टो परेको अवस्थामा शव फेला परेको हो। घरबाट करिव आधा घण्टाको पैदल दुरीमा रहेको विद्यालय पुग्न नपाउँदै कविताको हत्या भएको हुन सक्ने उनले आशंका गरे। चौधरीका अनुसार गाउँबाट विद्यालयसम्मको बाटोमा मानविय वस्ति छैन।

कविताको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुको पहिचान खुलाईएको छैन। इलाका प्रहरी कार्यालय रामपुरका इन्स्पेक्टर तेजप्रसाद दाहालले अनुसन्धानका लागि दुई जनालाई नियन्त्रणमा लिइएको पुष्टि गरे । 

घटनास्थलमा स्थानीयवासीले नाराबाजी गरिरहेका छन् । कविताको हत्या भएको आशंका स्थानीयवासीको छ । बेलाका नगरपालिकाका मेयर दुर्गाकुमार थापा (स्वस्तिक)ले दोषीविरुद्ध कडा कारबाही माग गरेका छन् । फेसबुकमा एक पोस्ट शेयर गर्दै थापाले हत्यारा पत्ता लगाएर हदैसम्मको कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका हुन् ।

‘बेलका नगर वडा नम्बर–३ कि कबिता सुनुवारको आज बिहान भएको पासविक क्रर हत्याको घोर निन्दा गर्दछु! आत्माको चिर शान्तीको कामना गर्दै शोकाकुल परिवार जन प्रती गहिरो समबेदना प्रकट गर्दछु! छिटो हत्याराको पत्ता लगाई हत्यारालाई कडा भन्दा कडा सजाए होस !’– उनले लेखेका छन्।
 

हत्या

विशेष