News

सत्ता गठवन्धनसँग भिड्न अप्राकृतिक गठवन्धन वनाउँदै ओली !

सत्ता गठवन्धनसँग भिड्न अप्राकृतिक गठवन्धन वनाउँदै ओली !

पाँच दलीय गठबन्धनले मोर्चाबन्दी गर्दै एक्ल्याउन थालेपछि नेकपा एमालेले पनि स्थानीय तह निर्वाचन लक्षित गठबन्धन बनाउन तयारी थोलेको छ। सत्ता गठबन्धनले दबाब बढाएपछि ओलीले विपक्षी गठबन्धन खडा गर्न दुई राजावादी पार्टीसँग र नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपासँग संवाद थालेका छन्।

ओलीले संसद् विघटन गरेपछि बनेको गठबन्धन निर्वाचनसम्म जाने भएपछि एमालेले तीव्र दबाब बढेको छ। तर,ओलीले हरेक सार्वजनिक कार्यक्रममा पाँच दलीय गठबन्धनलाई एक्लै जित्न सक्ने दाबी गर्दै आइरहेका छन्। उनले पाँच दलीय गठबन्धन दुई दिनको खेल भन्दै अदालतले जोडजाम गरिदिएको पुतली भनेका छन्।

‘पाँच दलीय गठबन्धन दुई दिनको केटाकेटीको खेल हो । अदालतले ल्याएर जोडजाम गरिदिएको पुतली हो। टालाटुली बाटुल कति राम्रा पुतली भनेजस्तै हो । यी टालाटुली बटुलेका पुतलीहरू राम्रो पनि छैनन् । टाला पनि मिलाएर बनाउन जानेका छैनन्’– उनले भन्ने गरेका छन्।

यति भन्दाभन्दै पनि ओलीले राजेन्द्र लिङ्देनको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालसँग छलफल थालेका छन्। ओलीले बिहीबार नेपालगञ्ज महानगरपालिकाका मेयर तथा राप्रपाका महामन्त्री धवलशमशेर राणासँग छलफल गरेका थिए। ओलीले चुनावी तालमेलको विषयमा छलफल गर्न राप्रपा अध्यक्ष लिङ्देनसँग पटक–पटक प्रयास गरेपनि लिङ्देनले ओलीसँग भेट्न अस्वीकार गरेपछि धवलसमशेरसँग संवाद गरेको वताईन्छ ।

राणाले पार्टीले अहिलेसम्म तालमेलको विषयमा कुनै पनि नीति र अडान अगाडि नसारेको अवस्थामा आफूले एमालेको प्रस्तावबारे कुनै जवाफ दिन नसक्ने ओलीलाई बताएका थिए । ओलीले भने झापाबाट अध्यक्ष लिङ्देनलाई जिताउनेदेखि चितवनमा विक्रम पाण्डे र बाँकेबाट राणालाई संसदीय चुनाव जिताउने आश्वासन दिएका थिए । तर, उनले ओलीको आश्वासनको कुनै अर्थ नहुने बताएका छन् ।

एमालेले कमल थापा नेतृत्वको राप्रपा नेपालसँग पनि चुनावी तालमेल गर्नेबारे छलफल अगाडि बढाएको छ । एमालेले विभिन्न स्थानीय तहदेखि आगामी प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचन क्षेत्रसम्मको बाँडफाँडको विषय अहिल्यै टुंग्याएर जाने प्रस्ताव राप्रपा नेपालसँग गरेको छ ।

अध्यक्ष थापाले चैत ५ गते पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा स्थानीय निर्वाचनमा एमालेसँग चुनावी तालमेल हुने घोषणा गरेका थिए। ०७४ सालको निर्वाचनमा राप्रपा विभाजन अघि वाम गठबन्धन (एमाले–माओवादी गठबन्धन) हुँदा झापामा चुनावी तालमेल भएको थियो। एमालेकै सहयोगले झापा ३ बाट कांग्रेस नेता कृष्ण सिटौलालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी भएका थिए भने झापा ५ मा ओली राप्रपाको सहयोग लिएर फराकिलो मतान्तरले विजयी भएका थिए। 

एमालेले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग पनि सम्वाद अगाडि वढाएको छ। नेकपाले दल दर्ता गरेर चुनावमा सहभागी नहुने तर प्रगतिशील शक्तिलाई समर्थन गर्ने र स्वतन्त्र रुपमा कसैले उम्मेदवारी दिन चाहे नरोक्ने निर्णय गरेको छ। ओलीले विप्लवसँगको सम्वादलाई निरन्तरता दिएको स्रोतको दावी छ।

यसैगरी, आगामी निर्वाचनलाई लक्षित गर्दै पूर्वराजावादी प्रेमबहादुर सिंहसहितको समूहलाई ओलीले यसअघि नै पार्टीमा भित्र्याइसकेका छन् । प्रेमबहादुर सिंह २०५९ सालको शाही कदमअघि एमालेमै थिए । राजाको शासनमा मन्त्रीको लोभ गरेर एमाले छाडेका उनी केही समय राजाको क्याबिनेटमा मन्त्री बने। ०६२÷०६३ को जनआन्दोलनपछि एकाएक माओवादीसँग मिलेर समानुपातिक सांसद र मन्त्रीसम्म बन्न सफल भएका उनले यसपटक एमालेमा फर्केर फेरि समानुपातिक सांसद र मन्त्रीको माग राखेका छन् । ओलीले उनको माग पूरा गर्ने बचन दिएको स्रोतको दावी छ।

यस्तै नेपाली सिने जगतकी चर्चित नायिका करिश्मा मानन्धरलाई पनि ओलीले पार्टीमा भित्र्याएका छन्। मानन्धरले एमालेमा प्रवेश गरेर आफुले सहि काम गरेको वताईन। उनले वल्ल सहि ठाउँमा आईपुगेको भनदै आफनो न्वारानको नाम पनि ‘सुर्जेकुमारी’ भन्दै सुर्यले देशको भलो गर्ने वताउने गरेकी छिन्।
 

विपक्षी गठबन्धन

विशेष