News राजनीति

चितवनमा कांग्रेस लक्षित प्रचण्डको भाषणः राजनीतिमा लचिलो हुन सिक्नुपर्छ

चितवनमा कांग्रेस लक्षित प्रचण्डको भाषणः राजनीतिमा लचिलो हुन सिक्नुपर्छ

चितवनको भरपुर महानगरपालिकाको मयेरका लागि फेरी पनि छोरी रेणु दाहाललाई आगाडि सारेर गठवन्धनमा ढिट गरिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भरतपुरमा पुगेर कांग्रेस कार्यकर्तालाई ‘राजनीतिमा लचिलो हुन सिक्नुपर्छ’ भन्दै शिक्षा वाँडेका छन्।

बुधबार चितवनको भरतपुरमा आयोजित कार्यक्रममा उनले ‘स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय भइसकेकाले त्याग गर्न सक्ने मानसिक्ता वनाउन सकियो भने असम्भव केही छैन’ भन्दै शिक्षा दिए। 

‘हामीले चुनावमा पनि गठबन्धन गरेर जाने निर्णय गरिसक्यौं। सबैले आफ्नो आफ्नो ठाउँमा लचिलो हुन सिक्नुपर्छ।’ उनले भने–‘त्याग गर्ने मानसकिता बनाउन सकियो भने असम्भव केही हुँदैन।’ तर, दाहाल आफु भने तालमेल गर्दा भरपुर महानगरपालिका छोड्दै नछोड्ने अवस्थामा छन् । नेपाली कांग्रेस चितवनले यो स्थानीय तह निर्वाचनमा माओवादीलाई सहयोग गर्न नसकिने निर्णय गरिसकेको र कतिपपय केन्द्रीय सदस्यसहित नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालालो भरतपुरलाई मात्र ध्यानमा राखेर तालमेलका कुरा नगर्न सुझाव दिदा पनि दाहालले आफनो रटान छोडेका छैनन्।

छोरीलाई कसैगरी मेयर वनाएरै छोड्ने उनको हुटहुटी उनको जिल्ला दौडाहाले पनि पुष्टि गर्छ। उनी पछिल्लो १३ दिनको अवधिमा तेस्रो पटक गृह जिल्ला पुगेका छन्। उनलाई योजनाहरुको शिलान्यास, उद्घाटन र पार्टीका कार्यक्रममा भ्याइनभ्याइ छ । आज पनि उनी भरतपुर महानगरपालिका–२ आँपटारीमा भूमिहीन दलितलाई लालपुर्जा बाँड्न चितवन पुगेका छन् । उनले आफनै छोरीको प्रशंसा गर्दै यसपल्ट धेरै महिलालाई मेयर र उपमेयर बनाउने चाहना रहेको बताए। भरतपुरमा महिला मेयर र उपमेयरले राम्रो काम गरेको बताउँदै उनले भने, ‘२०७४ को चुनावमा छोरी थियो। अब आउँदा रेणुको बुवा प्रचण्ड भएको छु। महिलाहरुले चाह्यो भने गर्न सक्छन् भन्ने देखियो।’

उनले धेरै पालिकामा प्रमुख र उपप्रमुख यसपल्ट महिलालाई बनाउने विचार छ भन्दै –‘केही वर्ष महिलाले राज गरेको हेरौं न त।’ भन्दै छोरीको पक्षमा माहौल वनाउने प्रयास गरे। 
उनले केही दिनअघि कांग्रेस कार्यकर्तालाई धम्क्याएका थिए। भरतपुर महानगरमा चुनावी तालमेलको विषयमा चितवन कांग्रेसले भनेर केही नहुने प्रतिक्रिया दिएका दाहालको यही अभिब्यक्तिका कारण स्थानीय कांग्रेस कार्यकर्ता रुष्ट छन्। 
 

विशेष