मन्त्री दिपक मनाङेद्वारा आफ्नै मन्त्रालयका कर्मचारीको रामधुलाई

गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरूङ ‘दीपक मनाङे’ले आफ्नै शाखा अधिकृत प्रकाश ओझालाई हातपात गरेका छन्। उनले मंगलबार दुर्व्यवहार गरेको बताइएको छ। मन्त्री मनाङे र शाखा अधिकृत ओझाबीच खटपट भएपछि मन्त्रीले हात हालेको बताइएको छ।
ओझाले आफूमाथि अमर्यादित व्यवहार भएको भन्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, प्रमुख सचिव रविलाल पन्थलगायतलाई जानकारी गराएका छन्। ओझा मन्त्रालयका सूचना अधिकारीसमेत हुन।
फाइल लिएर मन्त्रीको कार्यकक्षमा पुगेका ओझालाई मंगलवार मन्त्री मनाङेले हातपात गरेका हुन् ।
आफू हिजोदेखि नै सुरक्षासम्बन्धी बैठकमा बागलुङमा रहेको र ओझाले मंगलबार नै घटनाबारे जानकारी गराएको भए पनि सम्पूर्ण सत्थतथ्य बुझ्न बाँकी रहेको सचिव अधिकारीले बताए । ओझाले भने मंगलबारदेखि नै बिदा बस्ने जानकारी गराएको सचिव अधिकारीले जानकारी दिए ।
कर्मचारी ओझाले आफू अस्पताल भर्ना भएको जानकारी दिएका छन् । निर्वाचन आचारसंहिता लागू हुनुभन्दा अगाडि नै काम सक्न भन्दै मन्त्री मनाङेले ब्रिफिङ गर्ने क्रममा विवाद बढेको मनाङेको सचिवालयका एक कर्मचारीले बताए ।