News अर्थ

भारतमा विजुली वेच्ने बाटो खुल्यो, थप ३२५ मेगावाट विजुली वेच्न अनुमती

भारतमा विजुली वेच्ने बाटो खुल्यो, थप ३२५ मेगावाट विजुली वेच्न अनुमती

नेपालले थप ३२५ मेगावाट बिजुली भारतमा वेच्ने अनुमती भएको छ। भारतले आफ्नो प्रतिस्पर्धी बजारमा विजुली बेच्न नेपाललाई अनुमति दिएको हो ।

ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गरेर थप ३२५ मेगावाट बिजुली भारतले आफ्नो बजारमा बेच्न अनुमति दिएको जानकारी दिएकी हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण लगत्तै त्यहाँको ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिरकण अन्तर्गतका थप ३  र निजी क्षेत्रले बनाएको एउटा आयोजनाको बिजुलीलाई त्यहाँको ‘डे अहेड’ मार्केटमा प्रवेशको अनुमति दिएको हो ।

१४४ मेगावाटको काली गण्डकी ए जलविद्युत् आयोजनाको १४० मेगावाट, ६९ मेगावाटको मर्स्याङ्दी जलविद्युत् आयोजनाको ६७ मेगावाट, ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाको ६८ मेगावाट बिजुलीलाई भारतले आफ्नो बजारमा बेच्न अनुमति दिएको मन्त्रालय मन्त्री भुसालले जानकारी दिईन। 

त्यसैगरी ग्रिनभेञ्चर हाइड्रोले बनाएको ५२ मेगावाटको लिखु जलविद्युत आयोजनाको ५० मेगावाट बिजुलीलाई भारतले बेच्ने अनुमति दिएको जनाईउको छ। यसअघि नै भारतले १५ मेगावाटको देवीघाट र २५ मेगावाटको त्रिशुली जलविद्युत् आयोजनाको बिजुलीलाई बेच्न अनुमति दिइसकेको छ ।

प्रधानमन्त्री शेरवहादुर देउवाको तीन दिने भारत प्रमणका क्रममा थप विजुली वेच्ने अनुमति भारतले प्रदान गरेको मन्त्रालयले जनाएको छ।
 

विशेष