News

महन्थ ठाकुर अचानक विरामी, हेलिकप्टरमा काठमाण्डौं ल्याईयो

महन्थ ठाकुर अचानक विरामी, हेलिकप्टरमा काठमाण्डौं ल्याईयो

मंगलवारदेखि भैरहवामा रहेका लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर विरामी भएपछि उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याईएको छ। को स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई उपचारका लागि बुधबार दिउँसो काठमाण्डौं ल्याईएको हो।

मंगलबार विमानबाट भैरहवा आएका ठाकुरसहितको टोली मंगलबार नै नवलपरासीमा कार्यक्रम सकिएपछि भैरहवास्थित होटल पौवामा बसेका थिए । बुधबार बिहान ठाकुरले आफ्नो स्वास्थ्यमा समस्या आएको बताएपछि भैरहवास्थित भीम अस्पतलका चिकित्सक सिद्धार्थ पाण्डेसहितको टिम उनको उपचारमा खटिएको थियो ।

ठाकुरको छातीमा समस्या हुनुका साथै उच्च ज्वरो र निमोनियाको समस्या देखिएको थियो। स्वास्थ्यमा सुधार देखिएपनि थप उपचारका लागि उनलाई काठमाडौं रिफर गरिएको हो ।

स्वास्थ्यकर्मीहरुका अनुसार ठाकुरलाई उच्च ज्वरो आउनुका साथै, निमोनिया र अक्सिजनको लेबलसमेत घटेको थियो । ठाकुरको स्मरणमा समेत केही समस्या देखिएको थियो । दिउसो १ ः ४५ मा उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याईउको छ।

पर्टीको प्रदेशस्तरीय कार्यक्रमका लागि भैरहवा आइपुगेका ठाकुरसहित उनको साथमा पार्टीका नेता सर्वेन्द्रनाथ शुक्ला, राजेन्द्र महतो, अनिल झा लगायत नेता थिए ।
 

महन्थ ठाकुर

विशेष