News

पाँच दलिय गठवन्धनलाई ओलीले गरे गधासँग तुलनाः आज वुझ्दैनन, भोली हाँस्छन्

पाँच दलिय गठवन्धनलाई ओलीले गरे गधासँग तुलनाः आज वुझ्दैनन, भोली हाँस्छन्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहित पाँच दलीय गठबन्धनलाई गधासँग तुलना गरेका छन् । प्राय आफना अभिब्यक्तिमा कथा, उखान, टुक्का र ब्यंग्यमार्फत विपक्षीलाई हायल कायल वनाउने यस पटक भने कधाको कथा मार्फत गठवन्धनको दोहोलो काढे।

बुधवार काठमाण्डौंमा उद्योग व्यवसाय महासंघको कार्यक्रमलाई सम्बोधनका क्रममा ओलीले गठवन्धनका नेताहरु ढिलो कुरा बुझ्ने भन्दै कथा मार्फत ब्यंग्य गरेका हुन । 

कथा उनले यसरी सुरु गरे। अहिले तपाईंहरुले हेरिरहनु भएको छ नि पाँच दलीय गठबन्धन कस्तो रहेछ भने एक पटक चिडियाखानामा जनावरहरुको सल्लाह हुँदै रहेछ। 


चिडियाखानामा भएको त्यो सल्लाहका क्रममा त्यहाँ रहेका अरु सबै जनावर खितखित हाँस्दा रहेछन्। तर त्यहीँ रहेको एउटा जनावर चाहिँ चुप लागेर बस्दो रहेछ। त्यो जनावर न त हाँसेको छ न केही बोलेको छ। ऊ अरु जनावरहरू हाँसिरहँदा मौन बसिरहेको छ। 

अर्को दिन फेरि मानिसहरु घुम्न चिडियाखानामा पुगेछन्। त्यस दिन त्यहाँ अनौठो दृश्य देखेर मानिसहरु छक्क परेछन्। भएछ के भने चिडियाखानामा एकै ठाउँ भेला भएका सबै जनावरहरू मौन बसेका रहेछन्। कुनै पनि जनावर नहाँसेका थिए न बोलेका नै थिए। 

तर अघिल्लो दिन अरु सबै जनावर हाँसिरहँदा एउटा जनावर भने भोलिपल्ट मरीमरी हाँसिरहेको थियो। अरु जनावर मौन हुँदा भोलिपल्ट मरिमरि हाँस्ने जनावर अरु कोही नभएर एउटा गधा थियो। 

कुरो के रहेछ भने, अरु सबै जनावरले अघिल्लै दिन कुरा बुझेर हाँसे। तर त्यो गधाले भोलिपल्ट मात्रै कुरा बुझेपछि हाँसेको रहेछ। अहिलेका पाँच दलीय गठबन्धन पनि त्यही गधा जस्तै भएका छन्। ढिलो कुरा बुझ्छन्।

आज कुरा ग¥यो भने अरु सबै हाँस्छन् तर पाँच दलीय गठबन्धन आज कुरो बुझ्दैनन्, भोलि पर्सि मात्रै कुरो बुझेर उनीहरु खितखित हाँस्छन्। 

हामीले हिजो विकास निर्माण अघि बढाउँदा शिलान्यास गर्दा खूब विरोध गरेका थिए। अहिले तिनै पाँच दलीय गठबन्धनका नेताहरु शिलान्यास गरिएका पूर्वाधार उद्घाटन गर्न, रिबन काट्न दौडिरहेका छन्। जे होस् चिडियाखानाको गधा जस्तै ढिलै भए पनि पाँच दलीय गठबन्धनले कुरा बुझ्दैछन्।  

केपी शर्मा ओली गधासँग तुलना

विशेष