News

राष्ट्रिय एकता अभियानकी उपाध्यक्ष ‘हिरो अफ मधेश’ अवार्डबाट सम्मानित

राष्ट्रिय एकता अभियानकी उपाध्यक्ष ‘हिरो अफ मधेश’ अवार्डबाट सम्मानित

मधेशको उन्नती र प्रगतिमा योगदान पुर्याएको भन्दै मधेशी पत्रकार समाज, नेपालले राष्ट्रिय एकता अभियानकी राष्ट्रिय उपाध्यक्ष सुनिताकुमारी साहलाई ‘हिरो अफ मधेश’ अवार्डबाट सम्मान गरेको छ। सप्तरीको राजविराज निवासी साहलाई अवार्डका साथै मधेशको शानको रुपमा रहेको गम्छा ओढाईएको छ।

मधेश र मधेशी जनताको हक, हित र अधिकारका लागि वकालत गर्ने तथा समस्यामा परेका नागरिकलाई जस्तोसुकै कठिन परिस्थितीमा पनि सहयोग गर्ने साहलाई उनको योगदानको कदर स्वरुप ‘हिरो अफ मधेश’ घोषणा गरि अवार्डबाट सम्मानित गरिएको मधेशी पत्रकार समाजका अध्यक्ष मोहनकुमार सिंहले वताए ।

साहलाई सामाजिक अभियान्ताको रुपमा सम्मान गरिएको हो। उनले कोरोना संक्रमणको पहिलो लहरमा संकटपूर्ण अवस्थामा पनि विपन्न परिवारको रोजिरोटीका लागि काम गरेकी थिईन। श्रम गरेर जिविकोपार्जन गर्दै आएका तर, लकडाउनका कारण रोजिरोटी गुमाएर भोकभोकै परेका विपन्न परिवारलाई राष्ट्रिय एकता अभियानको ब्यानरमा ‘एक छाक राहत’ अभियान चलाएर साहले राहत उपलब्ध गराएकी थिईन। 

साह यसअघि पनि सोही अवार्डबाट सम्मानित भएकी थिईन। पहिलो अवार्ड अधिकारकर्मीको रुपमा महिला तथा बालबालिकाको पक्षमा काम गरे वापत दिईएको थियो। दोश्रो पटक ‘हिरो अफ मधेश’ घोषित भएपछि साहले आफनो काँधमा जिम्मेवारी थपिएको वताईन।

‘म देश, मधेश र समाजका लागि जुन रुपमा काम गरिरहेको थिएँ, त्यो मेरो योग्यता, क्षमता र सोच अनुसार थियो। मेरो काम देश र जनताले नियालिरहेको रहेछ भन्ने कुरा अवार्डले पुष्टि गर्यो’ उनले भनिन्–‘यो अवार्ड पाएपछि मैले अझै सशक्त र जिम्मेवार भएर काम गर्नुपर्छ भन्ने बोध भएको छ।’

यस्ता अवार्ड र सम्मानले सामाजिक क्षेत्रमा काम गर्न थप हौसला र आत्मवल प्राप्त हुने साहले वताईन। ‘हामी जत्तिको मान्छेले देश, मधेश र समाजका लागि जस्तोसुकै चुनौती लिन तयार हुनुपर्छ। म हिजो पनि तयार थिए र आज पनि तयार छु’ उनले भनिन्–‘भ्रष्टाचारले देश खोक्रो वनाएको छ, अव त्यो क्षेत्रमा पनि काम गर्नुपर्छ भन्ने लागेको छ। सवै क्षेत्रको साथ र सहयोग पाए भ्रष्टाचार न्यूनिकरणमा पनि हामी अवश्य सफल हुनेछौं।’
 

सुनिता साह

विशेष