News

भागवण्डामा १२ सहित २० देशका लागि राजदूत सिफारिस

भागवण्डामा १२ सहित २० देशका लागि राजदूत सिफारिस

सरकारले २० देशमा राजदूत नियुक्ति गर्न सिफारिस गरेको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले २० देशका लागि राजदूत सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए। 

मन्त्रिपरिषद् स्रोतका अनुसार ८ जना ‘करिअर डिप्लोम्या’ (परराष्ट्र सेवाका कर्मचारी) र १२ जना ‘राजनीतिक नियुक्ति’का राजदूत सिफारिस गरिएको हो। 

सत्तारुढ गठबन्धनका दलहरुबीच भागबण्डा मिलाएर राजनीतिक नियुक्तिका १२ राजदूत सिफारिस गरिएको हो। 

चीनका लागि नेपाली राजदूतमा नेकपा माओवादी केन्द्रका नेता विष्णुपुकार श्रेष्ठ तथा नेकपा एकीकृत समाजवादीको कोटामा रसियाका लागि मिलन तुलाधर, अष्ट्रेलियाका लागि केशवराज पोखरेल, मलेसियाका लागि डिल्ली पौडेल सिफारिस भएका छन्।

दक्षिण अफ्रिकाका लागि दानबहादुर बम्जन तामाङ, ओमानका लागि शर्मिला पराजुली, दक्षिण कोरियाका लागि ज्योति प्याकुरेल, जापानका लागि दुर्गाबहादुर सुवेदी राजदूत सिफारिस भएका छन् ।

अन्य राजदुतको नाम खुलाईएको छैन।
 

विशेष