News

माओवादी अध्यक्ष दाहाल सिरहा जाँदै

माओवादी अध्यक्ष दाहाल सिरहा जाँदै

मिर्चैया नगरपालिका स्थित रामप्रताप साहको नाममा बनेको शहिद गेट उदघाटन गर्न नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आज सिरहा जाँदैछन्। 

आज मध्याह्न सहिद गेटको उद्घाटन गर्ने कार्यक्रम रहेको माओवादी नेता जीवछ यादवले जानकारी दिए । अध्यक्ष दाहाले सहिद गेट उद्घाटपछि त्यहाँ आयोजित सभालाई सम्बोधन पनि गर्नेछन् । 

तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र विद्रोहको क्रममा साहले सहादत प्राप्त गरेका थिए। उनकी श्रीमती जीवछीदेवी मिर्चैया नगरपालिकाको उपमेयर हुन्।

०७० सालमा दाहालले सिरहाबाट संविधानसभा निर्वाचन लडेका थिए। क्षेत्र नम्बर–५ बाट उनी संविधानसभा सदस्यको रूपमा विजयी भएका थिए । तर, अहिले उनले निर्वाचन क्षेत्र परिवर्तन गरेर गृह जिल्ला चितवनबाट चुनाव लड्न थालेका छन्।
 

विशेष