News

माधव नेपालका गैरसांसद आफन्त कानुन मन्त्री नियुक्त !

माधव नेपालका गैरसांसद आफन्त कानुन मन्त्री नियुक्त !

प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसांसदलाई मन्त्री बनाएका छन् । देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानुनमन्त्री नियुक्त गर्न सिफारिस गरेका हुन् ।

वन्दीलाई दिउँसो २ बजे सपथ गराउने तयारी भइरहेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ। उनी नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको सिफारिसमा मन्त्री वनेका हुन । नेपालले आफ्नो भागमा परेको मन्त्रालयमा अधिवक्ता गोविन्द  बन्दी (शर्मा)लाई मन्त्री बनाएका हुन । बन्दीको कार्यकाल गैरसांसदका रुपमा ६ महिनाको हुनेछ। 

अध्यक्ष नेपालले नेकपा एमाले विभाजन गरेर नयाँ पार्टी दर्ता गर्नु अघि नै प्रधानमन्त्री शेरवहादुर देउवासँग यस विषयमा कुरा गरेका थिए । देउवाले पनि नेपालको कुरामा सहमति जनाएका थिए। स्रोतका अनुसार नेता नेपालले ६ महिने मन्त्रीका लागि सिफारिस गरेका वन्दी उनका सम्धी सोमप्रसाद पाण्डेका साँढु भाइ हुन् । बन्दीले प्रतिनिधि सभा विघटन मुद्दामा रिट निवेदकको तर्फबाट बहस गरेका थिए ।

दैलेख स्थायी ठेगाना भएका उनलाई केपी ओली सरकारका पालामै सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष बनाउन खोजिएको थियो। तर तत्कालीन नेकपाका अध्यक्ष प्रचण्डले वन्दीको नाममा असहमती जनाएपछि गणेशदत्त भट्टको नाममा सहमति जुटेको थियो ।

बन्दीले माओवादी नेताहरुलाई अप्ठेरो पर्ने खालका द्वन्द्वकालीन मुद्दाहरु अदालतमा लगेका कारण प्रचण्ड त्यतीबेला बनदीसँग डराएका थिए । पछिल्लो समय दुवै संसद विघटनका मुद्दामा बन्दीले ओलीविरुद्ध अदालतभित्र र बाहिर माहौल सिर्जना गरेकाले यसपटक भने प्रचण्ड पनि बन्दीसँग प्रभावित भएको वताईन्छ।

उनलाई गत भदौको दोस्रो साता नै देउवाले मन्त्रीमा नियुक्त गर्न खोजेका थिए । तर, पार्टीमा तनाव उत्पन्न हुने देखिएपछि नेपालले उनलाई मन्त्री वनाउने कार्य पछि सारेका थिए । पार्टीभित्र मन्त्रीका लागि सांसदहरुकै हानाथाप चलिरहेका वेला अध्यक्ष नेपालले गैरसांसद आफन्तलाई मन्त्री वनाउन खोजेपछि विवाद देखिएको थियो। प्रतिनिधि सभा पुनर्स्थापना र शेरवहादुर देउवालाई प्रधानमन्त्री वनाउन विश्वासको मतका लागि नेता नेपाललाई साथ दिएका कतिपय सांसदहरु मन्त्री नपाए पार्टी छोड्ने योजना बनाउन थालेपछि वन्दीको मन्त्री वन्ने संम्भावना त्यस वेला टरेको थिो। 

मन्त्री बडूलाई वाणिज्य मन्त्रालय
हाल कानुन मन्त्रालयमा बन्दीलाई नियुक्त गरेपछि नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सारिएको छ। यसअघि बडूले उक्त मन्त्रालय सम्हाल्दै आएका थिए । मन्त्री बडुले आफूले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हाल्ने जानकारी अनौपचारिक माध्यमबाट पाएको बताए ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका जेठान गजेन्द्र हमालले राजिनामा दिएपछि उद्योग मन्त्रालय खाली छ। यो मन्त्रालय प्राधनमन्त्री आफैंले राखेका छन्। देउवाले २२ साउनमा हमाललाई मन्त्री नियुक्त गरेका थिए । तर चर्को विरोध भएपछि हमालले केही दिनमै राजीनामा दिएका थिए । 

माधवकुमार नेपाल नेकपा (एकीकृत समाजवादी) गैरसांसदलाई मन्त्री मन्त्रीपरिषद विस्तार गोविन्द  बन्दी (शर्मा)

विशेष