News

भारतीय सहयोगमा सोलुखुम्बुमा फोहोर पानी व्यवस्थापन परियोजना निर्माण हुने

भारतीय सहयोगमा सोलुखुम्बुमा फोहोर पानी व्यवस्थापन परियोजना निर्माण हुने

भारत सरकारको ४ करोड ११ लाख आर्थिक सहयोगमा सोलुखुम्बुको खुम्जुङ्ग खुन्दे फोहोर पानी व्यवस्थापन परियोजना निर्माण हुने भएको छ।

परियोजना निर्माणका लागि भारतीय राजदूतावास तथा नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय एवम् खुम्बु पासाङल्हामु गाउँपालिका, सोलुखुम्बुबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ।

भारत–नेपाल विकास सहकार्य अन्र्तगत यस सामुदायिक विकास परियोजनाको निर्माण हुनेछ । परियोजना निर्माणले सोलुखुम्बुको खुम्जुङ्ग गाउँमा बसोबास गर्ने मानिसहरुको स्वास्थ्य र गुणस्तरीय जीवनमा सुधार ल्याउनुका साथै जनस्वास्थ्यका हिसाबले अत्यन्तै आवश्यक सुरक्षित पानी तथा सरसफाईको व्यवस्था हुने जनाईएको छ।

नेपालका सातैवटा प्रदेशमा विशेष गरी तल्लो तहमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाई तथा अन्य सार्वजनिक संरचनाहरुको निमार्ण जस्ता विविध क्षेत्रहरुमा भारतले सन् २००३ यता ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु संचालनमा ल्याएको छ।

जसमध्ये ४६७ वटा परियोजनाहरु सम्पन्न भईसकेका छन्। सोलुखुम्बुमा २ परियोजनासहित प्रदेश १ मा ७८ वटा परियोजना संचालनमा छन्।  
 

विशेष