News

उदयपुर जिल्लाकै पुरानो विद्यालयको नयाँ भवन शिलान्यास

उदयपुर जिल्लाकै पुरानो विद्यालयको नयाँ भवन शिलान्यास

उदयपुरको त्रियुगा नगरपालिकास्थित बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवनको शिलान्यास भएको छ। परराष्ट्रमन्त्री डा. नारायण खड्का तथा भारतीय राजदूतावासका कार्यवाहक राजदूत श्रीमती नामग्य सी खम्पाले भवनका शिलान्यास गरेका छन्।

सामुदायिक विकास परियोजनाका रुपमा भारत–नेपाल विकास सहकार्य अन्तर्गत नेपाली रुपैयाँ ३ करोड ११ लाखको लागतमा नयाँ भवन निर्माण हुने छ। यो भारत सरकारको अनुदान सहयोगमा बन्ने परियोजना हो ।

बालमन्दिर माध्यमिक विद्यालय उदयपुर जिल्लाकै पुरानो विद्यालय हो । निर्माण कार्य सम्पन्न भइसकेपछि विद्यालयलाई नयाँ भवनमा सारिनेछ । विद्यालयमा हाल १ हजार १ सय विद्यार्थीहरु अध्ययनरत छन्। जसमा करिब ७०५ छात्रा छन् ।

भारतले नेपालका सातैवटै प्रदेशमा विशेष गरी तल्लो तहमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाई तथा अन्य सार्वजनिक संरचनाहरुको निमार्ण जस्ता विविध क्षेत्रहरुमा काम गर्दै आएको छ। 

सन् २००३ यता ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा  ४६७ वटा परियोजनाहरु सम्पन्न भईसकेका छन्। त्यसमध्ये उदयपुर जिल्लाका आठ निर्माण सम्पन्न परियोजना तथा निर्माण र कार्यान्वयनका विभिन्न चरणमा रहेका अन्य आठ परियोजनासहित ७१ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना प्रदेश १ मा छन् । 
 

भारतीय दुतावास

विशेष