News

हप्तामा दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय

हप्तामा दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय

सरकारले हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। बिहीबारको मन्त्रिपरिषद बैठकले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपनि निर्णय सार्वजनिक गरिएको छैन।

संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बिहीबारको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दा दुई दिन सार्वजनिक विदा दिने विषय उल्लेख छैन। तर, वैठकमा सहभागि एक मन्त्रीले विदाको नीतिगत निर्णय भने भएको वताएका छन् ।

ती मन्त्रीका अनु्सार मन्त्रिपरिषदले शनिबार र आइतबार दुईदिन बिदा दिने नीतिगत निर्णय गरेको हो। शनिबार र आइतबार दुबै दिन बिदा दिएपछि शुक्रबारको आधा दिनको बिदा कटौती गर्नुपर्ने तथा राष्ट्रिय बिदाको दिन पनि हिसाव गरेर कार्यान्वयन गराउनु पर्ने भएकाले सार्वजनिक नगरिएको हुन सक्ने उनको भनाई छ।

सबै कामका लागि उपयुक्त गृहकार्य र काम अघि बढाउनुपर्ने भएकाले हतारमा निर्णय सार्वजनिक नगरिएको हुन सक्ने उनको वताए । 

यसअघि गत चैत १५ गते नेपाल आयल निगमले शनिबार र आइतबार सार्वजनिक बिदा दिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई प्रस्ताव गरेको थियो। इन्धनको खपत घटाउन प्रस्ताव दुई दिन विदा दिने प्रस्ताव मन्त्रालयलाई पठाईएको हो।

निगमले मन्त्रालयलाई पठाएको १० बुँदे प्रस्तावमा बिदाका दिन सवारीसाधनको सञ्चालन कम भई तेलको खपत घट्ने जनाईएको थियो। 

यो पनि,

सम्भव छ आइतबार सार्वजनिक बिदा ?

विशेष