News

जस्तालाई त्यस्तै, ढिडोलाई निस्तैः बास्कोटालाई आलेको अपशब्द

जस्तालाई त्यस्तै, ढिडोलाई निस्तैः बास्कोटालाई आलेको अपशब्द

आफ्नो बोलीका कारण पटक–पटक विवाद र चर्चामा आइरहने पात्रका रुपमा परिचित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पुर्व मन्त्री एवम् नेकपा एमाले नेता गोकुल वास्कोटालाई अपशब्द प्रयोग गरेका छन् ।

बास्कोटाले सरकार लक्षित ट्वीट गरेपछि त्यसको जवाफ दिने क्रममा आलेले अपशब्द प्रयोग गरेका हुन । उनले अपशब्द प्रयोग गर्दा पुर्ण शब्द प्रयोग नगरी सांकेतिक शब्दको प्रयोग गरेका छन् । बास्कोटाले शुक्रवार ट्वीट गर्दै तेस्रो चौमासिक सकिन लाग्दा पनि पुँजिगत खर्च २५ वर्षपनि नसकेको भन्दै आलोचना गरेका थिए ।

‘पुंजीगत खर्च तेस्रो चौमासिक सकिने समयमा समेत २५% गर्न नसक्ने, लोकरिझाईका सस्ता कार्यक्रम गर्ने, हुण्डीकारोबार गर्न छुट दिने, स्रोत नखुलेको सम्पति लगानी गर्न दिने, प्रदेशमा वाल्कोनी पिच्छे मन्त्रालय खोल्ने सरकार र उनका अर्थमन्त्री अब आफ्नो अक्षमता लुकाउन गभर्नरमाथि जाई लाग्ने छन’ भन्दै बास्कोटाले ट्वीट गरेका थिए ।

त्यसको जवाफमा मन्त्री आलेको फोटो प्रयोग गरिएको ट्वीटर ह्याण्डलबाट ‘लेखाई गÞलत भो की ?’ भन्दै ‘सुरूको शब्द सुरु ‘मु’ बाट सुरु हुन पर्ने ‘पु’ भएछ  गोकुल जी’ भन्दै कमेन्ट गरिएको छ। कतिपयले भने आलेले बास्कोटालाई आलेले अपशब्द प्रयोग गरेको नभई ब्यंग्य गरेको हुन सक्ने वताएका छन् ।

बास्कोटाले सञ्चार मन्त्री हुँदा ०७६ फागुन पहिलो साता बास्कोटाले मन्त्रालयका कर्मचारीलाई स्त्रीजन्य अश्लील शब्दले गाली गर्दै दलालसँग कमिसनको कुरा गरेको अडियो सार्वजनिक भएको थियो। सेक्युरिटी प्रेस खरिदका क्रममा दलालसँग कमिसनको कुरा गर्दै उनले भनेका थिए–‘यस्तो कुरामा यी मु... कर्मचारीसँग लग्यो भने यिनीहरुले हेप्छन। यो मु...ले बनाएको त ३५ अर्बको छ नि, यो ३५ अर्ब नै नभएपछि, २७ अर्बको निस्केपछि २८ अर्ब बनाउनोस् ।’
उसो त अपशब्द प्रयोग गर्ने मामलामा मन्त्री वाग्ले सवैभन्दा अगाडि छन् । यसअघि पनि उनले अपशब्द प्रयोग गरेको अडियो सार्वजनिक भएको थियो । अछाम घर भई हाल भारतको मुम्बई बस्दै आएका जगत ओली नामका व्यक्तिसँग मन्त्री आलेको दोहोरो भनाभन भएको अडियो भाइरल भएको थियो ।

अश्लील शब्दको प्रयोग गरिएको उक्त अडियोमा सुनिन्थ्यो। आलेले भने ओलीसँग त्यसरी कुराकानी नभएको आफुसँग ५० लाख माग गरेको र नदिएपछि थप केही कुरा जोडेर अडियो सार्वजनिक गरिदिएको बताएका थिए । 

प्रेम आले गोकुल वास्कोटा

विशेष