News अर्थ बैंकिङ

गभर्नर महाप्रसाद अधिकारी निलम्बित, निलम ढुंगाना कार्यबाहक

गभर्नर महाप्रसाद अधिकारी निलम्बित, निलम ढुंगाना कार्यबाहक

सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । अर्थमन्त्रालय श्रोतका अनुसार डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक दिइएको छ । 

गभर्नर अधिकारीलाई निलम्वन गर्न अर्थमन्त्री जनार्दन शर्माले भुमिका खेलको आशंका गरिएको छ। अमेरिकाबाट आएको शंकास्पद ४० करोड रुपैयाँ छुटाउन अर्थमन्त्री जनार्दन शर्माले चलखेल गरेको विषय चर्चामा आएपछि अधिकारीलाई निलम्वन गरिएको श्रोतको दावी छ।

मन्त्री शर्माले शुक्रवार राष्ट्र बैंकले नै आयोजना गरेको कार्यक्रममा बोल्दै खातामा आएको डलर फुकुवा गर्न राष्ट्र बैंक सञ्चालक समितिका सदस्यले बार्गेनिङ गरेको आरोप लगाएका थिए । उनले राष्ट्र बैंकका गोप्य सूचनाहरु राष्ट्र बैंककै उच्च अधिकारीहरुले मिडियामा दिने गरेको आरोप पनि लगाएका थिए।

मन्त्री शर्माले राष्ट्र वैंकका उच्च अधिकारीले बदमासी गरेको आरोप लगाउँदै राष्ट्र वैंकका एक संचालक समिति सदस्यले ३० हजार डलर माग गरेको पनि जिकिर गरेका थिए । अमेरिकाबाट अछामको बान्नीगढी जयगढ घर भएका पृथ्वीबहादुर शाहको खातामा दुई महिनाअघि करिब ४० करोड रुपैयाँ आएपछि राष्ट्र बैंकले उक्त खाता रोक्का राखेर अनुसन्धान सुरु गरेको थियो।

अमेरिकाको सरकारी निकाय फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क (फिनसेन) ले नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेपछि बैंकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पनि अनुसन्धानका लागि पत्राचार गरेको थियो।

ठिक यसैवेला मन्त्री शर्माले उक्त रकम फुकुवा गर्न लिखित निर्देशन नै दिएको समाचार सार्वजनिक भएपछि घट्ना गभर्नरको निलम्वनसम्म पुगेको श्रोतको दावी छ।

यो पनि,

विशेष