अर्थमन्त्री भन्छन्– नेपालको अर्थतन्त्र श्रीलंका जस्तो वनाउने सोच पुरा हुँदैन
अर्थमन्त्री जर्नादन शर्माले ‘कतिपयलाई नेपालको अर्थतन्त्र श्रीलंका जस्तो बनाउने रहर भएपछि त्यो सपना पूरा नहुँने’ बताएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो वताएका हुन ।
नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो धरासयी नहुने दाबी गरेका मन्त्री शर्माले नेपालको अर्थतन्त्र तुलनात्मक रुपले आन्तरिक रुपमा बलियो, उत्पादन र राजस्व प्रणालीमा सुदृढ तथा ऋणको ठूलो चाप नरहेको वताए ।
नेपाल र श्रीलंकाबीच तुलना हुन नसक्ने भएकाले अर्थतन्त्र श्रीलंका जस्तो नहुने उनको भनाइ छ । ऋण र उत्पादनको अवस्था, विदेशी लगानी, ऋण सहायता लगाायत तथ्यांक हे¥यौं भने श्रीलंकासँग हाम्रो तुलना नै हुन नसक्ने उनले बताए । श्रीलंकासँग तुलना गर्दै नेपालको अर्थतन्त्र पनि धरासयी हुन्छ भन्दै बहस गर्नेहरुलाई सकारात्मक भई दबाबमा रहेको नेपालको अर्थतन्त्र सुधारका विषयमा चिन्तन गर्न उनले अपील गरे ।
क्रिप्टोकरेन्सी, हाइपर फण्ड लगाायतका कारण नेपालबाट पूँजी पलायन भइरहेको सूचना आफूले ५ महिनाअघि नै थाहा पाएर राष्ट्र बैंकलाई जानकारी गराएको उनले बताए । यो समस्या समाधान गर्न उचित कदम चाल्न नसक्दा अहिले अवैद्य रुपमा पैसा बाहिरिन थालेको उनको भनाइ छ ।
‘हाम्रो स्याउहरु जुम्ला र मुगुमा कुहिएर फालियो। हामीले स्याउ आयातमा प्रोत्साहित गर्यौँ। हाम्रो गल्ति त्यहाँ भएको छ । हाम्रा आलुहरु दूरदराजमा त्यतिकै फालिएका छन्। तिनीहरुलाई बजारमा पु¥याउने सोच बनाएनौँ। त्यहाँका उत्पादनलाई बजारसँग जोड्ने नीति बनाएनौँ’ उनले भने–‘विलासिताका सामान हामीले छुट दियौँ धेरै।’
नेपालको अहिले आर्थिक अवस्थाको बारेमा विभिन्न ढङगले छलफल र बहसहरु गरिरहेका छौँ। अर्थतन्त्र राजनीति, महामारी, विश्व परिस्थिति, हाम्रो आफ्नो क्रियाशीलता उत्पादन क्षमतासहितको विश्व परिस्थितिसँग पनि जोडिएको हुन्छ। यो कुनै एउटा स्वायत्तता क्षेत्र मात्रै होइन । कोरोना महामारीको लहरसँगै सुस्ताएको विश्व अर्थतन्त्र संकटग्रस्त नै भएको अवस्थामा अहिले त्यसबाट बाहिर निस्किन नपाउँदै फेरि विश्वमा देखिएको नयाँ परिस्थिति विश्वमा भइरहेको ध्रुवीकरण रुस र युक्रेन भएको युद्ध भएको छ। त्यसले पारेको प्रभाव युद्ध मात्रै नभएर त्यहाँको युद्ध स्रोत केन्द्रित रहेको छ । स्रोतहरुमा युद्धको कारणले पारेको प्रभावहरुमा आज हामीलाई पनि असर गरेको छ।
अर्थतन्त्रलाई कसरी गतिशील बनाउने भन्ने कुरामा जानुपर्ने उनले वताए । ‘पेट्रोलियम पदार्थ तेल बढी आयात गरेर, विलासिताका वस्तुहरु बढी आयात गरेर, आवश्यकताभन्दा बढी गाडीहरु आयात गरेर। त्यो गाडी मात्रै आयात गरेनौँ कि गाडी आयात गर्दै यति आयातको पेश्की छाड्यौं कि थप त्योभन्दा बढी आयात पेट्रोलियम पदार्थ गर्नुपर्ने अवस्थाबाट सुरु भएको छ’ उनले भने–‘त्यसकारणले हामीले आफ्नो स्रोत साधनको उपयोग कसरी गर्ने भन्ने आएको छ । त्यसको सदुपयोग पहिला सुशासनबाट हुन्छ । पारदर्शिताबाट सुरु हुन्छ । आफ्ना जिम्मेवारीबाट सुरु हुन्छ । यस्ता कुराले पनि अर्थतन्त्रमा प्रभाव पार्छ । हाम्रा स्रोत साधनको भरपूर प्रयोग गर्ने हो।’