News

आजै मध्यरातिदेखि लागू हुन सक्छ निर्वाचन आचारसंहित

आजै मध्यरातिदेखि लागू हुन सक्छ निर्वाचन आचारसंहित

स्थानीय तह निर्वाचनका सन्दर्भमा जारी गरेको आचारसंहिता आजै मध्यरातिदेखि लागु हुने सम्भावना छ। निर्वाचन आयोगले आजैदेखि आचारसंहिता लागू गर्ने तयारी गरेको हो ।

आयोगको आज वस्ने वैठकले यस सम्वन्धमा निर्णय गर्ने जनाईएको छ। पत्रकार सम्मेलन गरेर आचारसंहिता लागु भएको घोषणा गर्ने तयारी रहेको एक आयुक्तले बताए ।

सरकारले आचारसंहिता लागु हुने भनेरै बिहीवार नै मन्त्रिपरिषदको बैठक राखेर व्यापक राजनीतिक नियुक्ति गरेको थियो । यसैगरी, प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक ६ सय ७३ जना इन्सपेक्टरको सरुवा गरेको छ।

विगतमा काज सरुवा भएकासमेतको मिलान गर्ने गरी सरुवा गरिएको हो ।

विशेष