News

बाघले ६५ वर्षिय धमलालाई वेपत्ता पार्यो

बाघले ६५ वर्षिय धमलालाई वेपत्ता पार्यो

चितवनमा घाँस काट्न गएका एक ब्यक्तिलाई बाघले वेपत्ता पारेको छ। खैरहनी नगरपालिका–१२ स्थित कुमरोजका ६५ वर्षिय रामप्रसाद धमलाईलाई बाघले वेपत्ता वनाएको हो ।

मध्यवर्ती सामुदायिक वनमा बिहान ९ बजेतिर घाँस काट्न गएका धमलालाई बाघले आक्रमण गरी बेपत्ता बनाएको स्थानीयले जनाएका छन् ।

धमलालाई आक्रमण गरी लगेको भन्ने खबर पाएपछि नेपाली सेनाको जनकपुर पोष्ट तथा इलाका प्रहरी कार्यालय खैरहनीबाट गएको प्रहरी टोलीले उनको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 
 

विशेष