News

हिन्दु स्वयम सेवक संघलाई बामपन्थीको मायाँ

हिन्दु स्वयम सेवक संघलाई बामपन्थीको मायाँ

भारतको राष्ट्रिय स्वेमसेवक संघ अन्तर्गत नेपालमा कृयाशिल हिन्दू स्वयमसेवक संघका कतिपय स्वयमसेवक चुनाव प्रचार प्रसारमा संलग्न भएको पाईएको छ।

हिन्दु स्वयम् सेवक संघले आफु कुनै राजनैतिक दलको पक्ष विपक्षमा नलाग्ने र तठस्थ रहने वताउँदै आएपनि संघका सम्भाग प्रचारक मुकेश कुमारसाह द्वारा संचालित फेसवुक पेजमा नेकपा एमालेको प्रचार सामग्री राखिएको थियो।

नेपाल प्रहरीको साइबर सेलमा उजुरी गरिएपछि हाल उक्त पेज वन्द भएको जनाईएको छ। यसैगरी, कतिपय स्वयम सेवक अहिले पनि एमालेका उम्मेदवारहरुको प्रचार प्रसारमा हिडिरहेको स्रोतको दावी छ। पर्साको बिरगञ्ज महानगरपालिकामा एमालेका मेयर उम्मेदवार विजय सरावगीलाई राति १२ बजे बाईकमा राखेर गाउँ गाउँ पुर्याएर पैसा वितरण गर्ने काममा समेत उनीहरुको संलग्न देखिएको स्रोतले जनाएको छ।

कृष्ण चौरसिया नामका स्वयम् सेवकले सरावगीलाई नगवा गाउँमा पुर्याएर पैसा बाड्Þन लाग्दा गाउँलेले घेरा हालेपछि प्रहरीले उनीहरुको उद्दार गरेको थियो । त्यसपछि पनि चौरसिया स्वयमले सरावगीलाई घर पुर्याएको पाईएको छ।

विशेष