News

भरतपुरमा सत्ता गठवन्धनले झोलामा पैसा वाँडेको खुलासा

भरतपुरमा सत्ता गठवन्धनले झोलामा पैसा वाँडेको खुलासा

चितवनको भरतपुर महागनरपालिकामा गठवन्धनका नेता/कार्यकर्ता पैसा बाँडेको आरोप लागेको छ। कांग्रेसबाट बागी वनेर मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले यस्तो आरोप लगाएका हुन् ।

भरतपुरको मालपोत चोकमा मंगलवार आयोजित कोणसभालाई सम्बोधन गर्दै पौडेलले सत्ता गठबन्धनले मतदाता प्रभावित गर्न झोला–झोलामा पैसा र साडी बाँडेको बताए । उनले झोलाझोलामा पाँच हजार, दश हजार र साडी बाँडेको सूचना आफूलाई आएको बताए ।

पौडेले मतदातालाई पैसा बाँड्ने कामको नेतृत्व कांग्रेसले गरिहेको आरोप पनि लगाए । उनले चितवन जिल्ला सभापति राजेश्वर खनालप्रति आक्रोश पोख्दै नेता कार्यकर्तालाई फोन गरेर माओवादीलाई भोट दिनु, नदिए कारवाही गर्छु भनेर धम्की दिएको जिकिर गरे।

‘यो दुर्भाग्य हो, हामीले हुर्काएको एउटा मान्छेले हामीलाई कारवाही गर्ने ? हामीलाई कारवाही गरेर कांग्रेस बच्छ ?’ उनले भने–‘प्रचण्डजीले कांग्रेसलाई बचाइदिनुहुन्छ ? म भन्दा ठूलो कांग्रेस राजेश्वर हो कि म ? राजेश्वरभन्दा ठूलो कांग्रेस कृष्णलाल सापकोटा हो कि को हो ?’
 

विशेष