News

पुन्य गौतमले किन ढोगे ओलीको खुट्टा ?

पुन्य गौतमले किन ढोगे ओलीको खुट्टा ?

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य पुण्य गौतम अन्त्यमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पाउमा पुगेका छन् । मंगलबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित चुनावी सभामा उनी ओलीको खुट्टा ढोग्दै एमाले प्रवेश गरे।

ओलीले गौतमलाई एमालेको झण्डा दिए । गौतमले ओलीको खुट्टा ढोगिदिए । एमाले प्रवेश गरेपछि गौतमले उक्त चुनावी सभामा सम्बोधन पनि गरेका छन् । त्यस क्रममा उनले अहिलेको दुनियाँमा ओलीको स्थान भ्लादिमिर पुटिन र सि चिनफिङको जस्तै भएको बताए । उनले ओली राजनेता भएको दावी गरे।

०४५ सालमा नेकपा मसालबाट राजनीति सुरु गरेका गौतम आफूले ०४६ सालको जनआन्दोलनमा पनि सक्रिय सहभागीता जनाएको वताउँछन् । पछि उनी एकता केन्द्र हुँदै माओवादीमा लागेका थिए ।

०५२ सालमा माओवादीले जनयुद्ध सुरु गर्दा उनी कार्यकर्ता बनेर क्रान्तिमा लागेका थिए । लडाकुका रुपमा विभिन्न लडाईंको मोर्चामा समेत सहभागी भएका उनी शान्तिप्रक्रियापछि भने निस्क्रिय बने । ०६८ सालमा सीपी मैनाली नेतृत्वको नेकपा मालेमा लागे र त्यसको पोलिटब्यूरो सदस्य बने । पछि गौतमसहित नेकपा मालेको एउटा हिस्सा माओवादीमा गाभियो ।

नेकपा एमाले र माओवादीको एकीकरणपछि बनेको ४४१ सदस्यि केन्द्रीय सदस्यमा गौतम पनि थिए । सपथपत्रमा हस्ताक्षर गरेपछि उनीसहित चारजनाको नाम केन्द्रिय सदस्यबाट हटाईयो। त्यसपछि उनी पुनः निस्कृय जस्तै भए। पछिल्लो समय उनी नेकपा एसमा देखिएका थिए ।

राजनीतिशास्त्र र अर्थशास्त्रमा फस्र्ट डिभिजनमा स्नातकोत्तर गरेका गौतम पीएडी सकाएर कन्भोकेसनको पर्खाइमा छन् ।

धेरै वटा पार्टी परिवर्तन गर्दै नेकपा एमालेमा प्रवेश गरेपछि गौतमको आलोचना पनि भईरहेको छ। एमाले इतरका ब्यक्तिले भने ‘चार धाम घुमेर गौतम ओलीको चरणमा पुगेको’ भन्दै आलोचना गरेका छन् । 

विशेष