News

निर्वाचन आयोगले पर्यवेक्षकबाट किन काट्यो पूर्व प्रमुख आयुक्तको नाम ?

निर्वाचन आयोगले पर्यवेक्षकबाट किन काट्यो पूर्व प्रमुख आयुक्तको नाम ?

निर्वाचन आयोगले पूर्वप्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवलाई पर्यवेक्षकको रुपमा अनुमति नदिने भएको छ। आयोगले पूर्वन्यायाधीश, संवैधानिक निकायका अधिकारी तथा अवकाशप्राप्त विशिष्ठ श्रेणीका कर्मचारीलाई विशेष पर्यवेक्षकको रुपमा अनुमती दिने गरेको थियो ।

यस पटकको निर्वाचनमा डा. यादवको नाम पनि विशेष पर्यवेक्षकको रुपमा सिफारिस भएको थियो। तर, आयोगले उनको नाम भने काटेको छ। उनी नेकपा माओवादी केन्द्रको केन्द्रिय निर्वाचन विभागको सदस्य रहेको जानकारीपछि उनको नाम काटिएको आयोग श्रोतले जनाएको छ। 

नेकपा माओवादी केन्द्रले २३ मंसिर २०७८ मा जारी गरी उनलाई केन्द्रीय निर्वाचन विभागको सदस्य नियुक्त गरेको छ। कुनै राजनीतिक दलको विभागमा आवद्ध भएका कारण उनको नाम अस्विकृत भएको आयोगले जानकारी दिएको छ।

निर्वाचन पर्यवेक्षणका लागि उनको नाम र निवेदन आयोगमा पुगेपछि आयोगकै एकजना व्यक्तिले उनी राजनीतिक दलको विभागमा आवद्ध पोल सुनाएका थिए । सोधपुछ गर्दा पनि उनी दलसँग आवद्ध भएको पाईएपछि उहाँ आवद्ध रहेको थाहा भएपछि हामीले अनुमति दिन सकेनौं ।’


 

विशेष