News

‘मतपत्र बलियो छ’ भन्न पनि आयुक्तले माओवादीको अनुमति लिनुपर्ने ?

‘मतपत्र बलियो छ’ भन्न पनि आयुक्तले माओवादीको अनुमति लिनुपर्ने ?

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले ‘मतपत्र च्यान्ते र चपाउने’ आफना कार्यकर्ताको वचाउन गरेका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले यस पटकको ‘मतपत्र बलियो कागज राखेका छौं अब चपाउन, च्यात्न सकिँदैन’ भनेको विषयमा पुनले आपत्ति जनाएका छन् ।

प्रमुख निर्वाचन आयुक्तको उक्त भनाई एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिलेको भन्दै उनले –‘केपी ओलीजीको बोली र निर्वाचन आयोगको प्रमुखको बोली कसरी मिल्यो ? यसमा हाम्रो आपत्ति छ’ भन्दै अभिब्यक्ति दिएका छन् ।

मे दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा नेता पुनले निष्पक्ष र व्यवसायिक भूमिका निर्वाह गर्न आयोगलाई आग्रह गर्दै रेफ्रीको भूमिकामा रहेको आयोग आफैं मैदानमा ओर्लेर खेल खेल्न थालेको आरोप लगाए ।

उनले अघि भने, ‘निर्वाचन आयोगप्रति हाम्रो विश्वास छ, तर यस्ता बोलीहरुप्रति हाम्रो आपत्ति छ । कुनै नेता विशेष, कुनै पार्टी विशेषको बोली निर्वाचन आयोगले बोल्न मिल्दैन ।’


०७४ वैशाख ३१ मा सम्पन्न चितवनको भरतपुर महानगरपालिकाको निर्वाचनको मतगणनाका क्रममा नेकपा माओवादीकी उम्मेदवार हार्ने अवस्थामा पुगेपछि कार्यकर्ताले मतपत्र च्यातेका थिए। भरतपुर महानगरको मेयरमा एमालेका देवी ज्ञवाली र कांग्रेस–माओवादी गठबन्धनकी रेणु दाहालको चर्को प्रतिस्पर्धा थियो। मतगणनाका क्रममा प्रतिनिधि बसेका दलका कार्यकर्ताबीच विवाद हुँदा भयो।

भरतपुर–१९ को मतगणनाका क्रममा भएको विवादपछि माओवादी कार्यकर्ता मधुकर न्यौपाने र द्रोण सिवाकोटीसहितले मतपत्र च्याते। आयोगले च्यातिएको मतपत्रको छानबिन गर्न गठन गरेको समितिका अनुसार ९० वटा मतपत्र च्यातिएका थिए। सो आरोपमा न्यौपाने र सिवाकोटीलाई पक्राउ गर्यो। अदालतमा पेश हुँदा उनीहरु जनही एक लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए।
 

विशेष