News

साताको दुई दिन सार्वजनिक विदा शैक्षिक संस्थामा पनि लागू हुने

साताको दुई दिन सार्वजनिक विदा शैक्षिक संस्थामा पनि लागू हुने

सरकारले शनिवार र आईतबार दुई दिन सार्वजनिक विदा दिने गरी गरेको निर्णय शैक्षिक संस्थामा पनि लागु हुने भएको छ। शिक्षा मन्त्रालयले यही जेठबाट सरकारी तथा निजी दुवै शिक्षण संस्थामा सातामा दुई दिन बिदा दिने निर्णय गरेको हो। 

दुई दिन बिदा भएपछि शुक्रबारभने  पूरै दिन पढाइ हुनेछ। मन्त्रालयले हिउँदे, वर्षे र स्थानीय बिदालाई कटौती गरी वर्षभरिमा अधिकतम ३० दिनसम्म बिदा दिन सकिने नियम पनि ल्याएको छ।

विद्यालयका हकमा सम्बन्धित पालिकाले, प्राविधिक शिक्षाका हकमा सिटिइभिटीले र विश्वविद्यालयका हकमा विश्वविद्यालय अनुदान आयोगले बिदा व्यवस्थापन गर्ने गरी निर्णय लिएको छ।

देशमा आर्थिक संकट बढ्दै गएपछि सरकारले यसअघि नै जेठ १ गतेदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय लिइसकेको छ।
 

विशेष