News

मतदाता परिचय पत्र लुटेको आरोपमा वडाध्यक्ष पक्राउ

मतदाता परिचय पत्र लुटेको आरोपमा वडाध्यक्ष पक्राउ

दोलखामा मतदाताको परिचय पत्र लुटेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । तामाकोसी गाउँपालिका–१ भीरकोटबाट मतदाता परिचयपत्र लुटेको आरोपमा सोही वडाका अध्यक्ष महेश काफ्ले पक्राउ परेका हुन।

वडा कार्यालयका मतदानस्थलबाट १ सय २५ थान नयाँ मतदातालाई वितरण गर्न लागिएको मतदाता परिचयपत्र बुधबार दिउँसो काफ्लेले लुटेर फरार भएको प्रहरीको आरोप छ। उनलाई स्थानीयले नियन्त्रणमा लिएका थिए। तर, उनी परिचयपत्र फालेर फरार भए।

त्यसपछि उनी तामाकोसी बजारबाट पक्राउ परेका हुन। ०७४ को स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसको तर्फबाट वडा नं १ को अध्यक्षमा निर्वाचित भएका थिए ।

उनले लुटेर पछि फालेको मतदाता परिचय पत्र मतदान अधिकृतलाई बुझाइएको छ । 
 

विशेष