भीम उपाध्यायले लौरो बाँड्दा आचारसंहिता लाग्दैन ?

चन्द्रागिरि नगरपालिका–८ का वडाध्यक्ष सन्तोष खड्काले वैशाख दोस्रो साता महिलाहरुलाई साडी वाँड्न खोजेको भन्दै निर्वाचन आयोगले रोक लगाएको छ ।
सरकारी रकमबाट वडामा सारी वितरण गर्ने कार्यले निर्वाचन आचारसंहिता उलंघन भएको भन्दै उक्त कार्यक्रम नगर्न पत्राचार गरेको थियो। तर, चन्द्रागिरी ८ वडा कार्यालयले भने महिलाले साडी पाऊँ भनी आवेदन दिएकाले साडी बाड्ने कार्यक्रम राखिएको जनायो।
यद्यपी आयोगले उक्त कार्यक्रम गर्न दिएन र साडी वितरण रोकियो। तर, यतिवेला भरतपुर महानगरपालिकाकी निवर्तमान मेयर रेणु दाहालले महानगरको पैसा वाँड्ने तथा नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले सामाजिक सञ्चालनमै लौरो वितरण गर्दा समेत निर्वाचन आयोगका कान ठाडो भएको छैन।
काठमाण्डौं महानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार -यापर बालेन शाहलाई निर्वाचन आयोगले ‘लौरो’ चुनाव चिन्ह दिए लगत्तै उपाध्यायले सामाजिक सञ्चालमा लौरो बाड्ने घोषणा गरेका छन् । उनले लेखेका छन्–‘कतै विपन्न बुढाबुढी वा खुट्टामा समस्या भएका कोही दाजुभाइ दिदीबहिनी छन् र सहाराका लागि दह्रो बलियो टिकाउ लौरो चाहिएको छ भने हामी उपलब्ध गराउने छौँ। सम्पर्क गराउनु होला!’
यसैगरी भरतपुर महानगरपालिकाकी मेयर रेणु यादवले जाँदा जाँदै लाखौ सरकारी रकम पार्टीका कार्यकर्तालाई वितरण गरेकी छिन् । दोश्रो कार्यकालका लागि मेयरमा उम्मेदवारी दिनु केही दिन अघि चैत १८ दिनको मिति राखेर २१ जना कार्यकर्तालाई ६ लाख ५० हजार रकम वितरण गर्ने निर्णय गरेको श्रोतको दावी छ।
यो पनि,
- रेणुले जाँदाजाँदै कार्यकर्तालाई यसरी बाँडिन महानगरको पैसा
- पूर्वसचिव उपाध्यायले बालेनलाई ‘मस्जिद र चर्च’ मा जाउ भनेपछि...
- चन्द्रागिरिका वडाध्यक्ष किन बाड्दै थिए महिलालाई झिल्के साडी?