News

केशव स्थापितको टिप्पणी– बालेन शाह अन्तर्राष्ट्रिय ठग

केशव स्थापितको टिप्पणी– बालेन शाह अन्तर्राष्ट्रिय ठग

काठमाडौं महानगरपालिकामा एमालेबाट मेयरको उम्मेदवार केशव स्थापितले स्वतन्त्र उम्मेदवार बालेन शाहलाई ‘फुच्चाफुच्ची’ को संज्ञा दिएका छन् ।

काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा स्थापितले बालेनलाई फुच्चे र अन्तर्राष्ट्रिय ठगको रुपमा चित्रित गरेका छन् । ‘एउटा फुच्चे भन्ने बालेन शाह रहेछ, ऊ त अन्तर्राष्ट्रिय ठग रहेछ’ स्थापितले भनेका छन् ।

बालेन आफ्नो प्रतिस्पर्धी नै नभएको पनि उनले बताए । ‘फुच्चेफाच्चेको कुरै नगरौं, आ–आफै काटमार गर्छन्, रमाइलो गर्छन् उहाँहरुसँग मैले प्रतिस्पर्धा गर्नु छैन’ स्थापितले भने । बालेन शाहले लगाएको कालो चस्माका विषयमा पनि उनले छुद्र आलोचना गरेका छन् । जनतासँग आँखा जुधाउन नसकेर उनले कालो चस्मा लगाउने गरेको उनको तर्क छ।

‘म काठमाडौंमा जन्मेको, पहाडिया ठकुरी भन्छ क्या बालेन शाह । हिजो के कुरा खुल्यो भने ऊ त यहाँको शाह नै रहेनछ, मधेशतिरको शाह रहेछ । सुरुवातमै ठग कुरा गर्ने मान्छेको हालत के हुन्छ ? सुरुवातमै ठग क्या, दर्तावाल ठग । सबै काठमाडौंबासीलाई ठग्न पाइन्छ ? म मधेशको मान्छे भनेर आँट गरेर आउनुपर्दैन ?’ उनले भने– ‘जहिले पनि चश्मा छोड्दैन भनेको जनतासँग आँखा जुधाएर हेर्ने तागत नै रहेनछ । युवाहरुसँग फेस टु फेस बसेर कुरा गर्नुप¥यो नि !’
 

केशव स्थापित बालेन शाह

विशेष