News

देउवाले पश्चिम सेती मोदीलाई बेच्न लागेको भीम रावलको आरोप

देउवाले पश्चिम सेती मोदीलाई बेच्न लागेको भीम रावलको आरोप

नेकपा एमालेका नेता भीम रावलले महाकालीमा राष्ट्रघात गरेका प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती पनि भारतलाई बेच्न लागेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा देउवको घोषणाको विरोध गर्दै उनले यस्तो आरोप लगाएका हुन ।

‘कांग्रेसको सभापति र प्रधानमन्त्री भएपछि नेपालका नदीनाला विदेशीको हातमा बेच्नै पर्ने के रोग रहेछ! प्रधानमन्त्री देउवाले फेरी पश्चिम सेती भारतलाई दिने घोषणा गरेका छन्’ उनले ट्वीटरमा लेखेका छन् –‘महाकाली सन्धिमा देउवाले गरेको राष्ट्रघात नदोहोरियोस् । संसद र दलमा प्रयाप्त छलफल नगरी पश्चिम सेती भारतलाई टक्र्याउने कुकर्म नहोस्।’

चुनाव प्रचारका क्रममा मंगलवार (२७ वैशाख) मा गृहजिल्ला डडेल्धुरा पुगेका देउवाले पश्चिम सेती जलविद्युत् परियोजनाको निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिइने बताएका थिए । जेष्ठ दुई गते लुम्विनी भ्रमणमा आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सकेसम्म सम्झौता नै गर्ने आफ्नो योजना उनले सुनाएका थिए।

‘चिनियाँ कम्पनीले बनाएको परियोजनाबाट उत्पादित बिजुली भारतले किन्दै किन्दैन’ उनले भने–‘त्यसैले भारतीय कम्पनीलाई दिएर बनाउने हो।’ नेपाल सरकारको अध्ययन टोलीले उक्त आयोजना नेपाल आफैँले बनाउन नसकिने राय दिएपछि आफूले यस्तो योजना वनाएको देउवाले सुनाएका छन् ।

अस्ट्रेलियाको एउटा कम्पनी स्मेकको अध्ययनले उक्त जलाशययुक्त परियोजनाबाट ७५० मेगावाट बिजुली उत्पादन हुने देखाएको छ भने चिनियाँ कम्पनी थ्री गोर्जेजले अधिकतम ६०० मेगावाट बिजुली उत्पादन गर्न सकिने बताएको थियो।

तर उक्त कम्पनीले परियोजनाबाट हात झिकेपछि चार दशकदेखि उक्त परियोजना अलपत्र छ। 

यो पनि,

विमानमा आउन लाज भएपछि हेलिकप्टबाट लुम्बिनी आउँदै मोदी

भीम रावल शेरबहादुर देउवा पश्चिम सेती नरेन्द्र मोदी

विशेष