News

फिल्मी शैलीमा सुनचाँदी चोरी गरी भागेका तीन जना पक्राउ

फिल्मी शैलीमा सुनचाँदी चोरी गरी भागेका तीन जना पक्राउ

२ साता अघि बुटवलबाट फिल्मी शैलीमा करोडौंको सुनचाँदी चोरेर फरार भएका तीन जना भारतीय नागरिक पक्राउ परेका छन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–४ महुवारी स्थित खुनगाई कालीदह सडक खण्डमा भारतीय नम्बर प्लेटको गाडी युपी ३२ एल डब्लु ३१५१ सहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
    
भारतको लखनउ बस्ने ३५ बषीय मोहद जिशान खान, ३६ वर्षीय मोहसिन अब्दुल्लाह खाँन र २२ वर्षीय मोहम्मद सरिकलाई प्रहरीले पक्राउ परेका छन् । प्रहरीले पक्राउ परेकाहरुसँग बाट पंहेलो सुन जस्तो देखिने १ थान पहेलो सिक्का, सुन जस्तो देखिने बिस्कुट आकारको धातु गरि १ सय ग्राम ६ सय मिलिग्राम बरामद गरेको छ।

मोबाईल, भारतीय रुपैयाँ, एटिएम कार्ड लगायतका समानहरु पनि प्रहरीले बरामद गरेकोछ। चोरी भएको अरु सुन उनिहरुले लुकाएको वा बेचेको सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरीको भनाई छ। 

चोरीका मुख्य योजनाकार मोहद जिशान खाँन रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी राबिन्द्र रेग्मीले जानकारी दिए । उनि चोरी गरिएको पसलकै छेउको कोठामा भाडामा वसेका थिए । उनले मासिक ३० हजार तिर्ने गरी एक बर्षको भाडा ३ लाख ६० हजार अग्रिम रुपमा बुझाएका थिए ।

बुटवल उपमहानगरपालिका–६, बिपीचोकमा रहेको गुल्मेली मजुवा सुनचाँदी पसलको छेउमा भाडामा बसेकाले बैशाख १२ गते राती ग्यास कटरले तिजोरी काटेर ३ करोड ५० लाख बराबरको सुन चोरी गरेको रेग्मीले बताए ।

तर, पसल सञ्चालकले भने करिब ५ करोड बराबरको सुन चोरी भएको दाबी गरेका छन् । 
यो पनि,

फिल्मको असरः सँगैको कोठा भाडामा लिएर ५ करोडको सुनचाँदी चोरी

चोरी

विशेष