News

सुदूरपश्चिममा ५.३ म्याग्निच्यूडको भूकम्प

सुदूरपश्चिममा ५.३ म्याग्निच्यूडको भूकम्प

भारत केन्द्रविन्दु भएर गएको भुकम्पको धक्का सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा महसुस भएको छ। बुधबार बिहान १० बजेर १८ मिनेटमा ५.३ म्याग्निच्यूडको भूकम्प गएको हो।

उक्त भूकम्पको केन्द्रविन्दु दार्चुलाबाट ३० किलोमिटर पश्चिम भारतमा रहेको भुकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का सुदूरपश्चिमका बैतडी, दार्चुला, बझाङ र डडेल्धुरामा महसुस गरिएको छ।

भूकम्पबाट अहिलेसम्म क्षति भएको विवरण नआएको प्रहरीले जनाएको छ। यसअघि यही वैशाख ६ गते पनि सुदूरपश्चिमकै सैनपसेला केन्द्रविन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको थियो । 
 

विशेष