News

माओवादीको अफरः मतदान गर्न सिक्नोस, ५ हजार लिनोस

माओवादीको अफरः मतदान गर्न सिक्नोस, ५ हजार लिनोस

सिरहामा मतदान गर्न सिके वापत माओवादी केन्द्रका नेता÷कार्यकर्ताले सर्वसाधारणलाई २ देखि ५ हजार पारिश्रमिक दिने गरेको खुलेको छ।

मतदान गर्न सिकाउने नाममा पैसा बाँड्दै गरेका माओवादी केन्द्रका एक जना कार्यकर्ता रंगेहात पक्राउ परेपछि यो रहस्य खुलेको हो । मतदाताको घरमै पुगेर नमूना मतपत्रमा पार्टीको चुनाव चिन्ह देखाउँदै पैसा वाँड्दै गरेका गोलबजार नगरपालिका–२ गुरूधामका ५५ वर्षीय प्रेम लामालाई स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् ।

लामालाई नियन्त्रणमा लिएर स्थानीयवासीले गोलवजार प्रहरीको जिम्मा लगाएका छन् । उनको साथबाट मतपत्र र ५४ हजार नगद बरामद भएको प्रहरीले जनाएको छ । घट्नाको सम्वन्धमा आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर राजु केसीले बताए ।

गोलबजार नगरपालिकामा माओवादी केन्द्रबाट मेयरमा देवनाथ साह दोस्रो कार्यकालका लागि उम्मेदवार बनेका छन् । 
 

विशेष