कांग्रेस कार्यकर्ताद्वारा मध्येरातमा शान्ता चौधरीको घर घेरेर धम्की
एमालेकी सांसद शान्ता चौधरीले काँग्रेस कार्यकर्ताले मध्ये राती आफ्नो घर घेरेर धम्की दिएको वताएकी छिन् । दाङस्थित आफ्नो घर काँग्रेसका कार्यकर्ताले घेरेर धम्की दिएको उनले वताईन।
वुधबार मध्यराती उनले सामाजिक सञ्चालमा लेखिन–‘नेपाली काँग्रेसका कार्यकर्ता मेरो घर घेरेर धम्की दिँदैछन यतिबेला।’
जिल्ला प्रहरी कार्यालय दाङले भने यसबारे बुझ्ने कार्य भइरहेको बताएको छ । चौधरीको दावी सत्य हो भन मौन अवधिको समयमा कांग्रेस कार्यकर्ताले यस्तो उपद्रो किन गरे भन्ने विषयमा चासो ब्यक्त भईरहेको छ।
यसैगरी, मौन अवधिकै समयमा बुधबार बुटवलमा बम विस्फोट भएको छ भने देशका विभिन्न स्थानमा अशान्त वातावरण बनेको प्रहरीले जनाएको । निर्वाचन आयोगले मंगलवार मध्येराती देखि नै लागू हुनेगरी मौन अवधि लागू गरेको थियो ।