News

वैशाख २१ गते त्रिभुवन विमानस्थलमा वमको हल्लापछि...

वैशाख २१ गते त्रिभुवन विमानस्थलमा वमको हल्लापछि...

नेपालीमा एउटा उखान छ–‘चोरको खुट्टा काट् भन्दा चोरले खुट्टा उचाल्छ।’ तर, ‘चोरको खुट्टा काट्’ भन्नु अघि नै चोरले खुट्टा उचालेर कुद्यो भने के होला ? यस्तै चाख लाग्दो एउटा प्रसंग छ।

केही समय अघि दुई जना पत्रकार ध्रुब रिजाल र पुष्प ढुंगाना प्रेस काउन्सिल नेपालमा पुगे। ‘नेपाल आजले हामीलाई निराधार रुपमा पाकिस्तानी दलालको आरोप लगायो’ भन्दै उनीहरुले काउन्सिलमा उजुरी गरे। तर, नेपाल आजका तर्फबाट त्यस्तो आरोप लगाईएको भने थिएन।

खासमा भएको के थियो भने– रिजाल र ढुंगानाको शंकास्पद गतिविधिका विषयमा नेपाल आजलाई केही सूचना आयो। । जसमा उनीहरुको गतिविधि र ब्यहारले पाकिस्तानका लागि दलाली गरेको पुष्टि हुने आधारहरु थिए । तर, त्यो सूचना र जानकारीलाई नेपाल आजले सार्वजनिक गर्ने भन्दा पनि सम्पत्तिका रुपमा सुरक्षित गरेर राख्यो।

प्राप्त सूचना र जानकारीलाई कसरी वाहिर ल्याउने तथा देश र जनताका पक्षमा प्रयोग गर्ने भनेर नेपाल आजले निस्कर्ष निकाल्न नपाउँदै आफुहरु विरुद्धका सुचना नेपाल आजले फेला पारेको सूचना दुवैले सुँईको पाए । त्यस लगत्तै उनीहरु आफनो सुरक्षा खोज्दै प्रेस काउन्सिलमा गुहार माग्न पुगेका थिए ।

त्यस विषयमा नत नेपाल आजले केही समाचार सामाग्री प्रकाशन गरको थियो, नत कसैले उनीहरुलाई पाकिस्तानीको आरोप लगाएको थियो। तर, चोरको खुट्टा काट् भन्नु भन्दा अघि नै उनीहरु खुट्टा उचालेर काउन्सिलमा पुगे।

दुबैको स्वभाव
दुवै जना नम्र स्वभावका पत्रकार हुन। मिठो वोल्ने तर, फेरो पुर्याएर अरुलाई नियन्त्रणमा राख्न सक्ने गुण उनीहरुमा छ। सानो भएर प्रश्तुत हुने, मिजासिलो र मिठो कुरा गर्ने, नाता सम्बन्ध गाँसिहाल्ने स्वभाव छ, दुवैको। उनीहरु यही स्वभावलाई हतियारको रुपमा प्रयोग गर्छन। मानिसहरुका गोप्य कुरा पत्ता लगाउने र त्यसकै बलमा ब्लाकमेलिङ गर्ने खतरनाक स्वभावका छन, रिजाल र ढुंगाना।

ध्रुव रिजाल 
रिजाल बिराटनगरका पत्रकार हुन। त्यहाँ यौन काण्डमा परेपछि भागेर उनी काठमाण्डौं छिरेका हुन। काठमाण्डौं आएपछि ठमेलमा लुकेर तेस्रो लिङ्गीहरुको फोटो/भिडियो खिच्दा राम धुलाई खाएका थिए । विस्तारै उनी काठमाण्डौंमा जम्दै गए, तर ठुलो फड्को मार्न सकेका छैनन् । समाचारको बार्गेनिङ गरेर २ देखि ५ हजारसम्म पैसा उठाउने गरेको उनीमाथि आरोप लाग्छ। पछिल्लो समय उनी ‘पाँच हजारे पत्रकार’ का नामले पनि परिचित छन् । 

भारत बिरुद्ध क्याम्पेन गर्न फण्ड खोज्दै जाँदा उनी पाकिस्तानी दूतावास पुगेको चर्चा छ। उनी अहिले त्यहीबाट परिचालित भएर सूचनाहरु संकलन गर्ने र पाएको सुविधा लिने गर्दै आएको श्रोतको दावी छ। उनी नेपालमा पाकिस्तान विरोधी र हिन्दुहरुको आन्तरिक गतिविधिको सुराकी गर्न एक हिन्दुवादी महिला नेतृको नजिक रहेको बताईन्छ।

उनीमाथि सहकर्मी महिलाकै अपमान गरेको र महिलाहरुलाई होच्याएर वोल्ने गरेको आरोप समेत लाग्ने गरेको छ। भेट हुँदा ठिक्क पार्ने, मिठो मिठो कुरा गर्ने तर, ओझेल पर्ने वित्तिकै उसका नराम्रा पक्षहरुका विषयमा साथीभाईसँग कुरा गर्ने उनको स्वभाव रहेको सहकर्मीहरु वताउँछन् । 

पुष्प ढुंगाना
ढुङ्गाना धादिङ निवासी शहिद परिवारका सदस्य हुन। उनलाई पनि हिन्दु बिरोधी गतिविधि गरेको आरोप लाग्छ। श्रोतका अनुसार ढुङ्गाना पाकिस्तानी दूतावास गईरहन्छन। पाकिस्तानी दुतावासले उपलब्ध गराएका भारत र हिन्दुहरु विरुद्धका भिडियोका आधारमा समाचार संप्रेषण गरेको गरेको आरोप लाग्छ।

उनी पाकिस्तानी गतिविधिलाई सहयोग पुग्ने गरी क्रिस्चियनहरुसँग पनि सहकार्य गर्न तयार हुने गरेको वताईन्छ। उनले क्रिस्चियन पास्चरहरूसँग पनि सम्बन्ध बिस्तार गरेका छन् । बिगतमा उनी कहिलेकाहीँ चर्च पनि जाने गरेका थिए।

क्रिस्चियनहरूसँगको सम्बन्धका आधारमा हाल उनले सञ्चालन गरेको नेपाल वाच डटकम क्रिस्चियनकहरुकै लगानी भएको आशंका गरिन्छ। बागडोल क्षेत्रमा चर्च भएकै घरमा उनका आफन्त तथा पास्चर विपिन शर्माको वसोवास थियो। उनीसँग पुष्पको गहिरो सम्बन्ध छ । उनका आफन्त (दाजु पर्ने) क्रिस्चियनका नेता पनि छन्। क्रिश्चियनहरुसँगको गहिरो सम्वन्धका कारण पनि उनको गतिविधि संदिग्ध छ।

यी सवै कुरा जानकारी पाएपछि अहिले पुष्पको श्रीमतीसँग पनि ठाकठुक पर्ने गरेको छ। अरुलाई फसाउन जे पनि गर्ने गरेको थाहा पाएपछि बेला बेला घर झगडा पनि पर्ने गरेको बताईन्छ। 

बमको हल्लाले त्रास
वैशाख २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘वम छ’ भन्दै आएको सुचना र त्यसपछिको अवस्थाले ढुङ्गाना डराएका छन् । पाकिस्तानी नम्वरबाट विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको टर्मिनल ड्युटी अफिसर बस्ने कार्यालय टीडीओ कार्यालयमा फोन गरेर ३ ठाउँमा बम भएको र एक घण्टापछि पड्किने भन्दै थ्रेट गरिएको थियो।

तर, सुरक्षाकर्मीले जाँचवुझ गर्दा वम फेला परेन। यता, उक्त घट्नापछि ढुङ्गाना डराएको वताईन्छ।

उनले केही समयदेखि हिन्दु बिरोधि र देश विरुद्ध हुने गतिविधि रोकेका छन् । धु्रव रिजाललाई यस्तै गतिविधिका कारण योहो टेलिभिजनले कामबाट निकालेको थियो। पुष्प अध्यक्ष रहेको नेपाल बाचमा पनि यस प्रकारका रहस्यको भण्डाफोर भएपछि सम्पादक कला अनुरागसहितको सम्पाकीय टोलीले बिद्रोह गरेको थियो।

अहिले रिजाल र ढुङ्गाना यस बिषयमा बोल्न डराउँछन् । नेपालमा पाकिस्तानी प्रभाव कमजोर रहेको र संरक्षण नहुने अवस्था आएपछि उनीहरु डराएको हुन सक्ने श्रोतले जनाएको छ।

यो पनि,

पुष्प ढुंगाना ध्रुव रिजाल नेपाल वाच

विशेष