News

५ ठाउँमा सेनाको हेलिकप्टरसहितको टोली, ३० मिनेटमा जुनसुकै स्थानमा पुग्ने

५ ठाउँमा सेनाको हेलिकप्टरसहितको टोली, ३० मिनेटमा जुनसुकै स्थानमा पुग्ने

निर्वाचन सुरक्षालाई ध्यान दिदै नेपाली सेनाले ५ ठाउँमा हेलिकोप्टरसहितको टोली ‘स्ट्यान्डबाइ’ राखेको छ । यसअघि उपात्यकासहित ४ ठाउँमा हेलिकप्टरसहितको टोली राख्ने निर्णय भएपछि विहिवारदेखि थप एक ठाउँमा टोली रहने जनाईएको छ।

१० दिनअघिबाटै उपत्यकाबाहिर तीन ठाउँमा हेलिकोप्टरसहितको टोली स्याट्यान्डबाई छ। बिहीबारदेखि बर्दिबासमा समेत हेलिकप्टरसहितको टोली राखिएको सेनाले जनाएका छ। पश्चिम कमान्डको सुर्खेत, मध्य कमान्डको पोखरा र पूर्वी कमान्डको इटहरीमा हेलिकोप्टरसहितको टोली ‘स्ट्यान्डबाइ’ थियो।

यो टोली तैनाथ भएपछि कुनै घटना भए त्यसको आधा घण्टा भित्र सेना उक्त स्थानमा पुग्ने सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए । सरकारले एकीकृत सुरक्षा योजनासहित सेनालाई मतदानस्थलको तेस्रो घेराको जिम्मा दिइएको छ । 

सेनाले मतपत्रलगायत निर्वाचन सामग्रीको सुरक्षाको जिम्मा पनि पाएको छ । हेलिकोप्टरबाहेक सेनाले अस्थायी शिविर पनि स्थापना गरिरहेको छ । जिल्लामा रहेका गण÷गुल्मबाट समेट्न नसकिने स्थानमा अस्थायी क्याम्प राखेको हो । 
 

विशेष