News Breaking News मुख्य समाचार देश

'भारत–नेपाल सम्बन्ध विश्वमै उदाहरणीय छ'

'भारत–नेपाल सम्बन्ध विश्वमै उदाहरणीय छ'

काठमाडौँ । पछिल्लाे नेपाल–भारत बीचकाे सम्बन्ध विश्वमै अनुपम उदाहरणका रुपमा विकास भइरहेको छ । पछिल्लाे केही वर्षयता भारतीय प्रधानमन्त्री र नेपालका प्रधानमन्त्रीले नेपाल–भारतकाे सम्बन्ध थप उचाइमा पुगेकाे बताउँदै आएका छन् ।

पछिल्लाे समय भारत र नेपालको मैत्री सम्बन्ध, दुई देशका जनताबीचको सम्बन्ध एउटा अनुपम उदाहरणका रुपमा रहेको र त्यस्तो सम्बन्ध विश्वका अन्य कुनै पनि देशमा नदेखिएको बताएका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र दामाेदरदास माेदीकाे धार्मिक एवं आध्यात्मिक हिसाबले हुने जेठ २ गतेकाे भ्रमण तथा दुवै देशका प्रधानमन्त्रीबीच हुने वार्तालाई दुवै मुलुकका जनताले चासोका साथ नियालेका छन् । भारतीय प्रधानमन्त्रीको यो भ्रमणले धार्मिक पर्यटनसँगै द्विदेशीय सहयोगात्मक सम्बन्ध सुदृढ हुने विश्वास गरिएको छ । 

गत चैतमा भएको प्रधानमन्त्री देउवाको भारत भ्रमण र त्यसक्रममा भएका सहमतिको कार्यान्वयन तथा भावी योजनाबारे उहाँहरूबीच विचारविमर्श हुने अपेक्षा गरिएको छ । 

नेपाल र भारतको सभ्यता, संस्कृति र पारस्परिक सम्बन्ध आदानप्रदानको डोरी प्राचीनकालदेखि जोडिएको आएकाे छ । संस्कृत विद्हरु भन्छन् “अनादिकालदेखि नेपाल–भारत एकअर्काका सुखदुःखका साथी हुन् ।”


पछिल्लाे समय दुवै देशका प्रधानमन्त्रीले भारत–नेपाल सम्बन्धलाई उन्नत एवं गतिशील तुल्याउन एक अर्काकाे भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्दै आइरहेका छन् ।

माेदीले आफ्नो पहिलो कार्यकालदेखि नै ‘छिमेक पहिले’ अर्थात् छिमेकीसँगको सम्बन्धलाई पहिलो प्राथमिकतामा राखेकाे बताउँदै आएका छन् । मोदीले नेपालसम्बन्धी भारतको नीति आत्मीयताले प्रेरित भएकाे विभिन्न कार्यक्रममा भन्दै आएका छन् । नेपालको शान्ति, प्रगति र विकासको यात्रामा सघाउन भारतको हर क्षण प्रतिबद्धत रहने गरेकाे छ ।

नेपालमा उत्पादित विद्युत् भारतले खरिद गर्ने, स्वच्छ ऊर्जा प्रवर्द्धनमा भारतले सघाउने, नेपालले झेल्नु परेका व्यापार घाटा कम गर्न आवश्यक प्रयास समेत भारतले गर्दै आएकाे छ ।

केही महिना अघिदेखि सञ्चालनमा आएकाे जयनगर–कुर्था रेल सेवाले दुई देशका जनताबीचको सम्पर्क र सम्बन्धलाई अझ सघन तुल्याएकाे छ ।

कूटनीतिमा ‘सफ्ट पावर’ को अहम् भूमिका हुन्छ जुन प्रधानमन्त्री मोदीका सांस्कृतिक एवं धार्मिक यात्रामा प्रतिविम्बित भएका अन्तर्राष्ट्रिय सम्बन्धका जानकारहरू बताउँछन् । 

विश्वको उदीयमान अर्थतन्त्र र विकासको बाटोमा द्रुत गतिमा अघि बढिरहेको भारतबाट मुलुकले अपेक्षित लाभ हासिल गर्न नसकेको कटु यथार्थ हामीले बिर्सनु हुँदैन । र, झिनामसिना विषयलाई लिएर दुवै पक्षले दुई राष्ट्रबीचको अनुपम सम्बन्धमा आघात पार्ने गतिविधि कहिँकतैबाट पनि हुननहुने उनीहरू बताउँछन् । कार्यकारी सरकार प्रमुखको सर्वोच्च तहमा हुन लागेको यो भ्रमणबाट नेपाल र भारतबीचको धार्मिक, आध्यात्मिक, आर्थिक, शैक्षिक, सांस्कृतिक एवं कूटनीतिक सम्बन्ध अझ प्रगाढ भई पारस्परिक हित प्रवद्र्धन र सघन सहयोगात्मक बनाउन अधिक उपयोग गर्नुपर्ने उनीहरूको सुझाव छ ।

विशेष