News

मौन अवधिमा चलखेलः कतै मन्त्री नै लखेटिए, कतै उम्मेदवारको डँडाल्नुमा भाटा

मौन अवधिमा चलखेलः कतै मन्त्री नै लखेटिए, कतै उम्मेदवारको डँडाल्नुमा भाटा

निर्वाचन आचारसंहिता र मौन अवधिको उलंघन गर्दै उम्मेदवारहरुले मतदातालाई प्रभावित वनाउने प्रयास जारी राखेका छन् । कतै पैसा बाँडिदैछ भने कतै भाँडा, पायप, रक्सी, चामललगायतका सामग्री बाडदै गरेका घट्नाहरु सार्वजनिक भईरहेका छन् ।

कतिपय स्थानमा स्थानीयवासीले नै त्यस्तो कामको प्रतिकार गरेका छन् भने कतिपय स्थानमा प्रतिद्वन्द्वी उम्मेदवारहरु तथा दलका कार्यकर्ताहरुले प्रतिकार गरिरहेका छन् । प्रतिकारका क्रममा कतै–कतै भाटा हानाहानको अवस्था श्रृजना भएको छ। उम्मेदवारहरुले नै कुटाई खाएका घट्ना समेत सार्वजनिक भएका छन् । 

यसैक्रममा भक्तपुरको सूर्यविनायक नगरपालिकामा एमालेका तर्फबाट उम्मेदवार बनेका दुईजनालाई स्थानीयले नियन्त्रणमा लिएका छन् । निर्वाचन आचारसंहिता लागू भएर मौन अवधिमा समेत मतदातालाई प्रभावित बनाउन राती हिँडेका दुई उम्मेदवारलाई स्थानीयले नियन्त्रणमा लिएका हुन् ।

सूर्यविनायक नगरपालिका–५ कटुञ्जेमा एमालेका तर्फबाट वडा अध्यक्ष पदमा उम्मेदवार बनेका राजकुमार जोशी र वडा सदस्यका उम्मेदवार मनोज थापालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाईएको छ।

स्थानीयका अनुसार उम्मेदवारसहितको टोली बा९ च ५३ ७५ नम्बरको भ्यानमा आएका थिए । उनीहरुलाई कटुञ्जेको त्वायना टोल र मिजार टोलबाट नियन्त्रणमा लिइएको थियो । भ्यानसहित आएका उनीहरु मतदातालाई प्रभावित बनाउनका लागि आर्थिक चलखेलको उद्देश्यसहित आएको स्थानीयले जनाएका छन् ।

यसैगरी, बुधवार परराष्ट्र मन्त्री नारायण खड्कालाई स्थानीयवासीले गृह जिल्लामै लखेटेका छन् । स्थानीयवासीको सहयोगमा नेकपा एमालेका कार्यकर्ताले घेरेपछि खड्कासहितको टोलीको भागाभाग भएको थियो। नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री खड्काले उदयपुरको त्रियुगा नगरपालिका स्थित जलजलेमा विभिन्न प्रलोभन देखाउँदै मतदातालाई प्रभावित वनाउन थालेपछि उनलाई लखेटिएको स्थानीयवासीले वताए ।
 

मौन अवधि निर्वाचन आचारसंहिता

विशेष