News

नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला पक्राउ, बम पड्काएको आशंका

नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला पक्राउ, बम पड्काएको आशंका

विप्लव नेतृत्वको नेकपाबाट अलग भएको नयाँ पार्टी नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् ।

प्रहरीले उनीसहित तीन जनालाई बिहीबार बिहान दाङको भालुवाङबाट पक्राउ गरेको हो। उनीहरु काठमाडौंबाट गइरहेका वेला पक्राउ परेको जनार्यएको छ। उनको पार्टीले चुनाव बहिस्कार गर्ने निर्णय लिएको र यसै विचमा बुधबार साँझ मात्र बुटवलमा प्रेसर कुकर बम विस्फोट भएपछि उनी पक्राउ परेका हुन ।

ईलाका प्रहरी कार्यलय, भालुबाङले सोधपुटका लागि उनलाई नियन्त्रणमा लिईएको जनाएको छ। तर, नेत्र विक्रम चन्द विप्लबको सुचनाका आधारमा उनलाई पक्राउ गरिएको श्रोतको दावी छ। 

धर्मेन्द्रसहितका नेताहरु नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट केही समयअघी मात्र अलग भएका थिए। निर्वाचनमा भाग लिने नलिने भन्नेमा पार्टीभित्र मतभेद रहेको थियो। प्रहरीले विप्लव समूहको गतिविधीलाई पनि चुनावी सुरक्षा चुनौतीका रुपमा लिएको छ।

बिप्लवले उनिहरुको गतिविधिको  सुचना दिएको कारण निगरानीमा राखेको हुनसक्ने नेकपा बहुमत श्रोतले बतायो। स्रोतका अनुसार धर्मेन्द्रलाई कम्तिमा शुक्रबार साँझसम्म नियन्त्रणमा लिने तयारी छ। 

विशेष