News

तपाईएको नाममा कसैले फर्जी मतदान गर्यो, यसरी जाहेर गर्नोस आफनो मत

तपाईएको नाममा कसैले फर्जी मतदान गर्यो, यसरी जाहेर गर्नोस आफनो मत

निर्वाचनमा आफनो पक्षको जित सुनिस्चितताका लागि अनेक हर्कत गरिन्छ। पैसा वाँड्ने, फकाउने, धम्क्याउने, धुक्र्याउने चरण पार गरिसकेपछि मतदान केन्द्रमा समेत लफडा गर्ने गरिन्छ। कतिपय स्थानमा अर्कैको नाममा भोट खसाल्ने तथा वुथ क्याप्चर गर्ने सम्मका गैरकानुनी काम गरेका यसअघिका प्रसस्त उदाहरण छन् ।

यस पटक पनि त्यस्ता घट्ना नहोलान भन्न सक्ने ग्यारेन्टी छैन। निर्वाचन आयोगले मतदाता परिचयपत्र, नागरिकता वा परिचय खुल्ने अन्य प्रमाणका आधारमा मतदान गर्ने सुविधा उपलब्ध गराएको छ। परिचय खुल्ने अन्य कागजातका आधारमा मतदान गर्नका लागि मतदाता नामावलीका भने सम्वन्धित ब्यक्तिको नाम हुनु जरुरी छ।

यो सुविधालाई कतिपय ठाउँमा दुरुपयोग गरी अर्कैको नाममा मतदान गर्ने प्रवृति हुन्छ । तर, आफनो नाममा कसैले मतदान गरिसकेको अवस्थामा पनि वास्तविक मतदाताले मतदान गर्न पाउने ब्यवस्था निर्वाचन निर्देशिकामा ब्यवस्था गरिएको छ। त्यस्तो मतलाई ‘निविदा मत’ भनिनछ।

स्थानीय तह निर्वाचन निर्देशिकाको दफा १५१ मा आफ्नो नाममा अर्कैले मत खसालेमा वास्तविक मतदाताले मतदान गर्न पाउँने ब्यवस्था छ। तर उसले व्यक्त गरेको मतलाई मतपेटिकामा नखसाई छुट्टै खाममा राखिन्छ ।

मतदान अधिकृतले त्यस्तो व्यक्तिलाई निविदा मतपत्र दिनु पर्ने हुन्छ। मतदान अधिकृतले निविदा मतपत्रको छुट्टै लगत राख्नुपर्छ र मतपत्रमा पनि ‘निविदा मतपत्र’ लेख्नुपर्छ । त्यो मतपत्र मतपेटिका भित्र नखसाली छुट्टै खाममा राखी निर्वाचन अधिकृतलाई बुझाउनुपर्ने निर्देशिकामा व्यवस्था छ ।

मतगणनामा त्यस्तो मतपत्रको गणना गरिदैन। तर, उजुरी परेमा र एक भोटले हार जित भई विवाद भएर कानुनी उपचार खोज्नु पर्ने अवस्था आएमा अदालतले ठहर अनुसार निविदा मतपत्रहरू समेत गणना गर्ने र त्यसका आधारमा मतगणनाको नतिजा सार्वजनिक गर्ने ब्यवस्था छ। 
 

निविदा मतपत्र

विशेष