News

चितवनमा यसरी जम्मा भए प्रचण्ड र एमालेका नेता

चितवनमा यसरी जम्मा भए प्रचण्ड र एमालेका नेता

शुक्रवार हुने स्थानीय तह निर्वाचनमा मत माग्न र मतदान गर्न दलका शिर्ष नेताहरु चितवनको भरतपुरमा पगेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेकपा (एमाले)का उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र रामबहादुर थापा गृहजिल्ला चितवनमै छन्।

दाहाल वुधवार चितवन पुगेका हुन भने एमाले नेताद्वय पाण्डे र थापा निर्वाचनको प्रचारप्रसारमा जिल्लामा आएर बसेका थिए । दाहाल मतदान गर्दासम्म चितवनमै रहने छन् । उनको मतदानस्थल भरतपुर महानगरपालिका–१४ मा रहेको नेपाल प्रहरी स्कुल शान्तिपुर हो। सो मतदानस्थलमा एक हजार ६७८ जना मतदाता छन् ।

यस्तै एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले राप्ती नगरपालिका–५ स्थित भण्डाराबाट मतदान गर्दै छन् । उनले भण्डारा अस्पताल मतदानस्थलबाट मतदान गर्दै छन् । सो मतदानस्थलमा तीन हजार ६५ मतदाता छन् ।

एमालेका अर्का उपाध्यक्ष रामबहादुर थापाले भरतपुर महानगरपालिका–१० बाट मतदान गर्दै छन् । उनले स्थानीय नारायणी नमूना माध्यमिक विद्यालयबाट मतदान गर्नेछन् । सो मतदानस्थलमा भने ५ हजार ८३६ मतदाता छन् । 

भरतपुर महानगरपालिका प्रमुखका उम्मेदवार पाँच दलीय गठबन्धनकी रेनु दाहालले आधारभूत विद्यालय सुन्दरबस्ती भरतपुर महानगरपालिका–१४ र एमालेका मेयर उम्मेदवार विजय सुवेदीले भरतपुर महानगरपालिका–१२ स्थित मोहन माविबाट मतदान गर्दै छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले कृष्णपुर माविबाट मतदान गर्दैछन् । 
 

भरतपुर

विशेष