करिश्माका श्रीमान र छोरीले पनि एमालेलाई भोट हालेनन्

स्थानीय तह निर्वाचनको पुर्व सन्ध्यामा मौन अवधिको उलंघन गर्दै मत मागेपछि धेरै उम्मेदवारमाथि दुब्र्यवहार भयो। कतिपयले कुटाई खाए भने धेरै उम्मेदवारका विषयमा आलोचना गरियो। उम्मेदवार मात्रै होईन, मुख्य पार्टीका नेता/कार्यकर्ता रातभरी नै नसुती भोट आफनो पक्षमा पार्न कृयाशिल रहे।
तर, कतिपय पार्टीका नेताले भने आफनै परिवारका सदस्यलाई पनि पार्टीमा भोट नदिएपनि हुने छुट दिएको अभिब्यक्ति दिएका छन् । केही दिनअघि मात्रै नेकपा एमालेमा प्रवेश गरेकी नायिका करिश्मा मानन्धरले आफ्ना श्रीमान र छोरीलाई पनि पार्टीका लागि मत नमागेको वताईन। श्रीमान र छोरीलाई आफ्नै विचारले भोट हाल्न भनेको उनले बताइन्। उनीहरुले एमालेमा भोट हाले÷नहालेको विषयमा आफु अनभिज्ञ भएको उनको भनाई छ।
स्वतन्त्र उम्मेदवारका रुपमा मेयर बन्ने दौडमा रहेका रयापर बालेन शाहको प्रसंशा गर्दै उनले शाहलाई एक युवा जोश भएको बताएकी छन्। संचारकर्मीले सोधेको जवाफमा ‘उनी एक युवा जोश हुन्। त्यसैले उनका कुरा पनि फरक छन्’ भन्दै जवाफ दिईन।