News

अपेक्षा अनुसार मत खसेन, रौतहटमा मतपेटिका नै लुटियो

अपेक्षा अनुसार मत खसेन, रौतहटमा मतपेटिका नै लुटियो

निर्वाचन आयोगले १४ जिल्लाका ४४ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको जनाएको छ । दलहरुको आपसी विवाद र झडपका कारण ति केन्द्रको मतदान स्थगित भएको हो ।

निर्वाचन आयोगले शुक्रवार साँझ पत्रकार सम्मेलन गरी कतिपय मतदान केन्द्रमा मौसमको खराबीका कारण पनि मतदान स्थगित भएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन आम रुपमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताए ।

थपलियाले अपेक्षित मत नखसेको बताउँदै ६४ प्रतिशत मतदान भएको बताए। धेरै मतदाता भएको ठाउँम अपेक्षा विपरीत कम मात्र मत खसेको प्रमुख आयुक्त थपलियाको भनाई छ। 

मतपेटिका नै लुटियो
रौतहटको यमुनामाई गाउँपालिका १ को चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा नम्बर २ को एक मतदान स्थलबाट मतपेटिका लुटिएको हो । त्यहाँ  जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पटक–पटक झडप भएको थियो । मतदान स्थलमा हुलदंगा भएको र आक्रोसित भीडले मतदान केन्द्र कब्जामा लिएर मतदान भएको र बाँकी रहेको मतपत्र च्यात्नुका साथै मतपेटिका तोडफोड गरेका छन् ।

त्यसक्रममा केहीले मतपेटिका समेत लिएर भागेका थिए । पानी हालेको अवस्थामा मतपेटिका बरामद भएको प्रहरीले जनाएको छ । 
 

विशेष