News

कांग्रेस–एमाले मिलेर वुथ कब्जा गर्ने प्रयास, मतदान रोकियो

कांग्रेस–एमाले मिलेर वुथ कब्जा गर्ने प्रयास, मतदान रोकियो

कांग्रेस–एमाले कार्यकर्ताले कार्यकर्ताले दोलखामा वुथ कब्जा गर्ने प्रयास गरेपछि मतदान रोकिएको छ। बैतेश्वर गाउँपालिकाको मतदान केन्द्रमा वुथ कब्जा गर्न खोजेपछि झडपको स्थिति आएको र त्यसपछि मतदान रोकिएको प्रहरीले जनाएको छ।

वडा नम्बर १ र २ को मतदानस्थलमा मतदान सुरू भएलगत्तै दुई पक्षबीच झडप भएको थियो। ढुंगा प्रहार गर्दै बुथ नै कब्जा गर्ने प्रयास भएपछि प्रहरीले हवाई फायरसमेत गरेको छ। मतदान चलिरहेका बेला बाहिरबाट ढुंगा हानाहान भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन दुई राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी गंगा पौडेलले बताए।

मतदाता आउने बाटो नै अवरोध गरेका कांग्रेस–एमाले कार्यकर्ताले मतदान केन्द्रमासमेत ढुंगामुडा गरेका थिए। वडा नं १ को गैरीमुढीको पुतलीकाठ मतदानस्थल र २ का मतदानस्थलमा पनि उनीहरूले अवरोध गरेका छन्।

विशेष