News

हुम्लामा प्रहरीले गोली चलायो, मतदान अधिकृतसहित दुई घाईते

हुम्लामा प्रहरीले गोली चलायो, मतदान अधिकृतसहित दुई घाईते

हुम्लामा मतदानका क्रममा झडप भएपछि प्रहरीले गोली चलाएको छ। झडपका क्रममा एक समूहले प्रहरीमाथि नै ढुंगामुढा गरेपछि प्रहरीले ७ राउण्ड गोली चलाएको छ ।

माथिल्लो हुम्लाको चंखेली गाउँपालिका २ स्थित महादेव मावि मतदान केन्द्रमा तनाव भएको हो । झडप र ढुंगामुढाबाट मतदान अधिकृतसहित २ जना घाइते भएका छन् ।

मतदान अधिकृत कृष्ण प्रसाद आचार्य र कार्यालय सहयोगी घाइते भएको कर्णाली प्रदेश कार्यालयका एसएसपी राजेश नाथ बास्तोलाले जानकारी दिए । 
 

विशेष