चीनमा फेरि विकराल बन्दै कोरोना, संक्रमण नियन्त्रण गर्न विद्यालयहरू बन्द
![चीनमा फेरि विकराल बन्दै कोरोना, संक्रमण नियन्त्रण गर्न विद्यालयहरू बन्द](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/05/china-corona.jpg)
कोरोना भाइरसको सङ्क्रमण फेरी तीब्र रुपमा फैलिन थालेपछि चीनको बेइजिङका विद्यालयहरू बन्द गरिएको छ। महामारी अत्यधिक फैलिन थालेपछि हतार–हतार गरेर साविक बमोजिमको बिदा सुरु हुनु एक दिन अगाडि नै बिदा दिइएको हो।
सरकारले बाल शिशु कक्षादेखि माध्यामिक तहसम्मका सबै विद्यालयमा पठन–पाठन रोक्ने निर्णय गरेको अधिकारीहरूले जानकारी दिएका छन्। नियमित बिदा भन्दा एक दिन अगाडि नै बिदा सुरु गरिएको सरकारी अधिकारीले बताए ।
महामारी थप फैलिने देखेपछि केही विद्यालयहरूले भने यसअघि नै अनलाइन माध्यमबाट पठन पाठन सुरु गरेका थिए। विद्यालय आउनका लागि विद्यार्थी तथा शिक्षकहरूले पछिल्लो ४८ घण्टा भित्र कोरोना परीक्षण गरेको रिपोर्ट देखाउनु पर्ने र त्यसमा नेगेटिभ रिपोर्ट हुनुपर्ने शर्त राखिएको छ।
विद्यालय अव पुनः कहिले सुचारु गर्ने भन्ने बारेमा महामारीको सङ्क्रमणको अवस्थाका आधारमा मात्रै थाहा हुने अधिकारीहरूले जनाएका छन्। उनीहरूका अनुसार बेइजिङमा बुधवार दिउँसो ३ बजेदेखि बिहीबार दिउँसो ३ बजेसम्ममा ५३ जनामा आन्तरिक सङ्क्रमण भएको पुष्टि गरिएको छ।