News

ओखलढुङ्गामा झडप, नौ राउण्ड हवाई फायर

ओखलढुङ्गामा झडप, नौ राउण्ड हवाई फायर

ओखलढुङ्गामा नेपाली कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको छ। स्थितीलाई नियन्त्रणमा लिने प्रहरीले नौ राउण्ड हवाई फायर गरेको छ। 

चम्पादेवी गाउँपालिका–९ स्थित जीवन ज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा मतदाताको लाइन मिलाउने क्रममा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको प्रहरीले जनाएको छ।  

मतदान गर्ने विषयलाई लिएर दुई पार्टीका कार्यकर्ताबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ।

अहिले मतदान स्थगित भएको र मतदान सुचारु गर्ने विषयमा सर्वदलीय बैठकका लागि पहल भइरहेको प्रहरीको भनाइ छ। 
 

विशेष