News

भोट हाल्न हिडेका १३ मतदाताको बाटोमै मृत्यु

भोट हाल्न हिडेका १३ मतदाताको बाटोमै मृत्यु

स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन् ।

वालिङ नगरपालिका–४ पञ्चमूल अर्खलबासस्थित भित्री सडक खण्डमा सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको जिप सडकबाट ५०० मिटर तल खसेको हो ।

मतदान गर्न मतदान केन्द्रतर्फ जाँदै गरेकाहरु दुर्घटनामा परेका हुन । दुर्घटनामा मृत्यु भएका ११ जनाको सनाखत हुन सकेको छैन। 

घाइते ११ जनालाई उपचारका लागि पोराको गण्डकी मेडिकल कलेज पठाइएको छ । एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ । 
 

विशेष