News

सप्तरीमा मतदान अधिकृतको रामधुलाई, मतदानस्थल तोडफोड

सप्तरीमा मतदान अधिकृतको रामधुलाई, मतदानस्थल तोडफोड

सप्तरीमा एक जना मतदान अधिकृत कुटिएका छन् । मतदानस्थलमा तोडफोड पनि गरिएको छ। घट्नापछि मतदान स्थगित भएको छ ।

डाकनेश्वरी नगरपालिकाको–२ स्थित हरिरबा जनता मावि मतदान स्थलमा केही व्यक्तिको समूहले मतपेटिका तोडफोड गर्दै मतदान अधिकृतलाई कुटपिट गरेको जनाईएको छ।

कुटपिटबाट मतदान अधिकृत विपिन यादव घाइते भएका छन् । उनलाई उपचारका लागि सदरमुकाम राजविराज पठाइएको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए ।

केही व्यक्तिले एक्कासी तोडफोड र कर्मचारीमाथि कुटपिट सुरु गरेको र मतदानस्थलका कागजातहरु समेत च्यातेको जनाईएको छ। २ हजारभन्दा बढी मत खसिसकेको अवस्थामा भएको घट्नापछि मतदान स्थगित भएको छ । 
 

विशेष